logo

४ करोड लगानीमा रिभरफन बिच रिसोर्टमा जीपलाईन सञ्चालनमा ल्याईने

गन्तव्य रिभरफनकै रुपमा रिसोर्टलाई विकास गरिँदै

    2334   पटक पढिएको

६ फाल्गुन / अर्थ र व्यापार- कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा जीपलाईन सञ्चालनमा आउने भएको छ । त्रिशुली नदिमाथि ४ सय ६१ मिटर लामो जीपलाईनको मंगलवार शिलान्यास गरिएको छ । नदिमाथि यति लामो जीपलाईन सञ्चालनमा आएको यो एशियाकै दोस्रो भएको रिसोर्टले जनाएको छ । रिभरफन बिच रिसोर्ट काठमाडौंवाट ९९ किलोमिटर दुरीमा बट्टार,कुरिनघाटमा त्रिशुली नदि किनारमा अबस्थित छ । 

जीपलाईनमा एकैपटकमा दुई जना सम्मले यात्रा गर्न सक्नेछन । ४ सय ६१ मिटर लामो जीपलाईन ३५ सेकेन्डमा पार गर्न सकिने र यसमा यात्रुहरुले बेग्लै रोमाञ्चकारी अनुभव गर्न सक्ने रिसोर्टका प्रबन्ध निर्देशक शंकर अधिकारीले अर्थ र व्यापारलाई बताए । आगामी २०७८ बैशाखदेखि जीपलाईन सञ्चालनमा ल्याउने तयारी रहेको अधिकारीले वताए ।

करिब ४ करोडको लगानीमा रिसोर्टमा जीपलाईन सञ्चालनमा ल्याउन लागिएको हो । जीपलाईनको सुरुवात विन्दुमा बन्ने टावरमा रेष्टुरेण्ट,कफी शपका साथै भ्यु प्वाईन्ट समेत बनाईनेछ । त्यस्तै जीपलाईनको अन्तिम विन्दुमा पनि रेष्टुरेण्ट रहनेछ । 

रिभरफन बिच रिसोर्टलाई “गन्यव्य रिभरफन”कै रुपमा विकास गर्न रिसोर्टमा विभिन्न सेवा सुविधाहरु थप गरिएको प्रबन्ध निर्देशक अधिकारीले वताए । रिसोर्टमा १५० मिटर लामो स्काईरोप साईक्लिङ, अप्टिकल एण्ड रोप कोर्स लगायतका थप सेवाहरु पनि थप गरिएको छ । रिभरफनमा पर्यटकहरुलाई समग्र पर्यटन प्याकेज उपलब्ध गराउने रिसोर्टको योजना रहेको अधिकारीले वताए ।

“कोरानापछिको पर्यटन बजार र स्वदेशी तथा विदेशी सवै उमेर समुह र वर्गका पर्यटकहरुलाई लक्षित गरेर रिभरफन बिच रिसोर्टमा विभिन्न सेवाहरु थप गर्ने योजना बनाईएको हो”–रिसोर्टका निर्देशक राजन सिम्खडाले भने ।  पर्यटन क्षेत्रमा यो पूर्वाधारमा लगानी गर्ने समय हो, हामी पर्यटकहरुलाई अझ विशेष सेवा दिन तयार भएर बसेका छौं भन्ने सन्देश दिन पनि रिसोर्टमा विभिन्न आकर्षणहरु थप गरिएको सिम्खडाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।