logo

सरकारले ग्रामीण पर्यटनलाई प्रोत्साहनको निति लिने

    1568   पटक पढिएको

१५ श्रावण / अर्थ र व्यापार- संस्कृति,पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रविन्द्र अधिकारी नेपालमा सरकारले ग्रामीण पर्यटनलाई प्रोत्साहनको निति लिएको वताएका छन । मंगलवार गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल) को २२ औं वार्षिक साधारणसभा तथा गाउँ पर्यटन दिवसको अवसरमा मन्त्री अधिकारीले सरकारले गाउँ पर्यटनलाई प्रोत्साहनको निति लिएकै कारण दर्ता र नविकरण बाहेकको अन्य शुल्क नलिएको वताउँदै यो निति अझै केहि वर्ष जारी रहने वताए । ग्रामीण पर्यटनमा दिईने सेवामा गुणस्तर वढाउन आवश्यक रहेको र त्यसका लागी सरकारले छिट्टै होमस्टेहरुका लागी आवश्यक तालिमको व्यवस्था गर्ने मन्त्री अधिकारीले वताए ।

मन्त्री अधिकारीले सरकारको पहिलो चासो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण र सुधारमा रहेको वताए । आगामी सेप्टेम्बर १ देखि त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थल विहान छ वजेदेखि सञ्चालनमा आउने वताए । त्यसैगरि मन्त्री अधिकारीले सरकारले देशभर एक सय वटा नयाँ पर्यटकिय गन्तव्यहरु विकास गर्ने पनि वताए ।

नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री प्रकाशशरण महतले नेपालमा पर्यटन विकासका लागी ठूला र साना पूर्वाधार निर्माणमा ध्यान दिन आवश्यक रहेको वताए । त्यसैगरि नेकपाका केन्द्रिय सदस्य टेकबहादुर बस्नेतले ग्रामीण पर्यटनको विकासका लागी सरकारले उचित योजनाहरु ल्याउनुपर्ने वताए । ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहालले पर्यटन क्षेत्रमा कर,भ्याट लगायतका विविध समस्या रहेको भन्दै त्यसको समाधानका लागी पर्यटनमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपालका अध्यक्ष कमल सापकोटाले ग्रामीण पर्यटनको माध्यमवाट ग्रामीण जनताको स्तर उकास्न मद्दत पुग्ने वताए । उनले नेपाललाई सानो लगानीले नै पनि छिट्टै सम्बृद्धि ल्याउने हो भने ग्रामीण पर्यटन नै त्यसको आधार हुने वताए ।

गाउँ पर्यटन दिवसको अवसरमा कास्कीको कालावाङ घरेली होमस्टेलाई पुरस्कृत पनि गरियो । त्यसैगरि गाउँ पर्यटन सम्बन्धि पत्रकारितामा योगदान पु¥याएको भन्दै अर्थ र व्यापार साप्ताहिकका सम्पादक नविन काफ्ले,माउण्टेन टेलिभिजनका कुमार चौलागाई र ग्रीनपाटीका लोकेन्द्र शाहलाई सम्मान गरियो । आजै भिटोफ नेपालको नयाँ नेतृत्वका लागी ध्रुव सिम्खडा र बासुदेव पाण्डे समुहविच निर्वाचन हुँदैछ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।