logo

कास्की – २ मा विद्या भट्टराईलाई दोब्बर मतको अग्रता

    1572   पटक पढिएको

१५ मंसिर / अर्थ र व्यापार - कास्की २ को उपनिर्वाचनको मतगणनामा नेकपाकी उम्मेदवार विद्या भट्टराईले नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई दोब्बर मतले अग्रता लिएकी छन् । भट्टराईले १५ हजार ५ सय ८ मत ल्याउँदा पौडेलले ७ हजार ८ सय ७ मत ल्याएका छन् ।

पोखरा महानगरपालिकाको ५ वटा वडाको २५ हजार ५ सय ३३ मत गणना हुँदा समाजवादी पार्टीका धर्मराज गुरुङले ९०२, साझा पार्टीकी रजनी केसीले ३ सय ५८ र राप्रपाका रोमबहादुर भण्डारीले ३ सय ६० मत पाएका छन् । विवेकशील पार्टीकी जमुना शर्माले ३२ भोट पाएकी छन् ।

अहिलेसम्म पोखरा महानगरको वडा नं ३३, २१, २०, १७ र १६ को मतगणना सकिएको छ । कास्की क्षेत्र नम्बर २ मा ११ दल र १० स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । ७१ हजार ८ सय ७१ जना मतदाता रहेको यो क्षेत्रमा ४५ हजार ५ सय ६३ मत खसेको छ । कुल मतदाता संख्याको ६३ दशमलब ४० प्रतिशत मात्र मत खसेको हो । यहाँ ३२ मतस्थलमा ८२ वटा मतदान केन्द्र थिए।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।