logo

भेरी बबई बहुउद्देश्यीय आयोजनामा पानीको गहिराइ नाप्ने नयाँ प्रविधिको सफल प्रयोग

    863   पटक पढिएको

५ फागुन /अर्थ व्यापार  - भेरी बबई बहुउद्देश्यीय आयोजनाको बाँधस्थलको पानीको गहिराइ नाप्न उच्चस्तरीय प्रविधि ‘इकोसाउन्डर’ मेसिन प्रयोग गरि सफल प्रयोग गरि पानीको गहिराइ नाप्ने नयाँ प्रविधि नेपाल भित्राइएको छ । यसको सफल प्रयोग भेरी बबई बहुउद्देश्यीय आयोजनामा पहिलोपटक गरिएको हो ।

अन्य बिकसित मुलुकहरुमा प्रयोग हुँदै आएको यो प्रविधि नेपालमा भने पहिलो पटक परामर्शदातृ संस्था इनोभेटिभ इन्जिनियरिङ सेर्भिसेज प्रा.लि.ले भित्राएको हो । संस्थाका प्रवन्ध निर्देशक अनुप खनालको अनुसार यो मेसिनले डी.जी.पी.एस. प्रविधिमा काम गर्ने भएकाले यसले गर्ने नाप जाँच अत्यन्तै विश्वासिलो हुनेछ । यो मेसिनलाई डुंगा र्वायाफ्टिङ बोटमा जडान गरी सजिलैसँग नदी तथा तालहरुको गहिराइ नाप्न सकिने खनालले बताए ।

यसअघि इनोभेटिभ इन्जिनियरिङ सेर्भिसेज प्रा.लि.ले नदी वा खोलाको एक किनारामा बसेर अर्को किनारासम्मको पानी नाप्न मिल्ने अन्तराष्ट्रियस्तरको ‘केबल वे’ प्रविधि निर्माण गरेको थियो । खोलाको सेडिमेन्टसमेत नाप्न सकिने यो प्रविधिलाई ३३५ मेगावाटको माथिल्लो अरुण र ३० मेगावाटको इखुवा खोला हाइड्रोपावर प्रोजेक्टमा प्रयोग गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।