logo

घर जग्गा व्यवसायी सुधीर बस्नेतको भेगाससिटी अपार्टमेण्ट सरकारले लिलाम गर्ने

    1591   पटक पढिएको

२० चैत्र /अर्थ र व्यापार - घर जग्गा व्यवसायी सुधीर बस्नेतको भेगाससिटी अपार्टमेण्ट सरकारले लिलाम गर्ने भएको छ । ओरेण्टल को–अपरेटिभ लिमिटेडका तत्कालीन अध्यक्ष बस्नेतको नाममा रहेको सो अपार्टमेण्ट लिलामी गरी पीडितलाई क्षतिपूर्ति उपलब्ध गराइने भएको हो ।

समस्याग्रस्त सहकारी संस्था समन्वय समितिले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कोहिनुर हिल हाउजिङ अन्तर्गतको निर्माणाधिन भेगाससिटी अपार्टमेण्ट ‘सहकारी ऐन, २०७४’ लिलाम बिक्री गरी को–अपरेटिभ लिमिटेडका पीडितलाई दायित्व भुक्तानी गर्ने निर्णय गरिएको जनाएको छ । भेगास सिटी परियोजनामा निर्माणाधीन अपार्टमेण्ट कानून सम्मत ढङ्गले निर्माण सम्पन्न गर्ने सुनिश्चितता नभएको पाइएको छ । त्यसअघि बस्नेतले अपार्टमेण्ट बिक्री गरी आएको रकमबाट करीब रु चार अर्ब बराबरको रकम पीडित बचतकर्तालाई फिर्ता गर्ने बताए ।

सो अपार्टमेण्टको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार पारेको भनी दिइएको निवेदनमा समेत कुनै सत्यता नभएको समितिका अध्यक्ष सुवेदीको भनाइ छ । व्यवसायी बस्नेत लगायतले गत असार २६ गते भेगाससिटी अपार्टमेण्टका तर्फबाट समितिमा निवेदन दिएका थिए । बस्नेतले अपार्टमेण्टको प्रतिवेदन तयार भएको उल्लेख गर्दै त्यसलाई तयार पारी बिक्री गर्ने र पीडितको रकम फिर्ता गर्ने भनी समितिमा निवेदन दिएको भए पनि तथ्यहरु उक्त प्रतिवेदन कानून सम्मत नभएको पाइएको जनाएको छ ।

विस्तृत परियोजना प्रतिवेदन विशुद्ध इञ्जिनीयरिङ विषय भएकाले सो सम्बन्धित विषयमा योग्यता हासिल गरी प्रचलित नेपाल कानूनबमोजिम दर्ता हुनुपर्ने निकायमा दर्ता भएको दर्तावाल प्राविधिकले तयार गर्नुपर्नेमा बस्नेत स्वयंले तयार गरी पेश गरेको पाइएको समितिले जनाएको छ । उक्त प्रतिवेदन तयार पार्ने बस्नेतको नेपाल इञ्जिनीयरिङ परिषदमा विधिवत् दर्तावाल इञ्जिनीयर भएको भन्ने प्रमाण पेश नगरेको पाइएको छ । प्रचलित कानूनबमोजिम योग्यता नपुगेको व्यक्तिले तयार पारेको प्रतिवेदन आधिकारिक निकायसमक्ष पेश गर्ने कानूनी हैसियत वा मान्यता प्राप्त गर्न सक्ने अवस्था नरहेको समितिका अध्यक्ष सुवेदीको भनाइ छ ।

भेगाससिटी अपार्टमेण्ट परियोजनाअन्तर्गत कुन कुन ब्लकको हरेक तल्लामा के कति वर्ग्फिटका दरले जम्मा कति तला निर्माण गर्न पाउने गरी अधिकार प्राप्त प्राप्त गरिएको हो भन्ने बारेमा समेत स्पष्ट खुलेको छैन । सरकारी निकायबाट स्वीकृति प्राप्त गरेको कागजात समेत पेश नभएकाले त्यस्तो निवेदन प्रतिवेदनका रुपमा मान्न नसकिने समितिको ठहर छ । व्यवसायी बस्नेतले हालको बजार मूल्यअनुसार प्रतिवर्ग्फिट भवन निर्माणको रु १२ हजार २४० बिक्री मूल्य निर्धारण हुन गएको भनी प्रतिवेदनमा उल्लेख गरेका छन् । तर यसअघि नै अपार्टमेण्ट बुकिङ गर्नेलाई नयाँ मूल्य कायम गरिनु व्यावहारिक नदेखिएको समेत समितिले उल्लेख गरेको छ । भेगाससिटी अपार्टमेण्ट निर्माणका लागि नेपाल सरकारको सम्बद्ध निकायबाट कार्य सम्पन्न गर्नुपर्ने अवधि कहिले सम्मका लागि तोकिएको हो भन्ने विषय नखुलेको र निर्माण अवधि खुल्ने प्रमाणसमेत संलग्न नभएको देखिएको समितिको ठहर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।