logo

उन्नति माइक्रोफाइनान्सद्वारा एक लाख १० हजार कित्ता हकप्रद शेयर निष्काशन हुँदै

    1035   पटक पढिएको

१२ फागुन /अर्थ र व्यापार - उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाको फागुन १३ गते सोमबारदेखि चुक्ता पूँजीको २० प्रतिशत हकप्रद शेयर निष्काशन हुँदैछ । कम्पनीले ५ः१ अनुपातमा एक करोड १० लाख रूपैयाँ बराबरको एक लाख १० हजार कित्ता हकप्रद बिक्री गर्न लागेको हो ।

माइक्रोफाइनान्सको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । हकप्रदमा धिातेपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरु, मेरो शेयर तथा सिद्धार्थ क्यापिटल नक्साल र माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । माइक्रोफाइनान्सले हकप्रद निष्काशन गर्न माघ १६ गते शेयरधनी दर्ता किताव बन्द गरिसकेको छ । यसअनुसार हकप्रदमा माघ १५ गतेसम्म कायम रहेका शेयरधनीले आवेदन दिन सक्नेछन् । हकप्रदमा आवेदन दिने अन्तिम म्याद चैत्र १७ गतेसम्म रहेको छ ।

माइक्रोफाइनान्सले गत आर्थिक वर्षको बोनस वितरण गर्नुभन्दा पहिलेको चुक्ता पूँजी ५ करोड ५० लाख रुपैयाँको २० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । गत माघ २६ मा सम्पन्न साधारण सभाले गत वर्षको नाफाबाट शेयरधनीलाई ५ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजीको ४०.५० प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गरेपछि अहिले माइक्रोफाइनान्सको चुक्ता पूँजी ७ करोड ७२ लाख ७५ हजार रुपैयाँ छ । बोनसले हकप्रद नपाउने हुँदा हकप्रद शेयर निष्काशन पश्चात माइक्रोफाइनान्सको चुक्ता पूँजी १ करोड १० लाख रुपैयाँले बढेर ८ करोड ८२ लाख ७५ हजार रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा माइक्रोफाइनान्सले दुई करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी ५४ रुपैयाँ ६७ पैसा छ । फागुन ९ गते बिहिबार माइक्रोफाइनान्सको प्रतिशेयर मूल्य एक हजार २७० रुपैयाँमा कारोबार भैरहेको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।