logo

तोकिएको मितिमा सबै भुक्तानी नदिएको भन्दै उखु किसानद्धारा पुनः आन्दोलनको घोषणा

किसान जागरण अभियानदेखी भोकै खेतमा काम गर्नेसम्मको आन्दोलनको तयारी 

    1579   पटक पढिएको


९ माघ/अर्थ र व्यापार– उखु किसानले तोकिएको मितिमा उखुको सम्पूर्ण भुक्तानी नदिएको भन्दै पुनः आन्दोलन गर्ने बताएका छन् ।

उखु किसानले एक विज्ञप्ति जारी गर्दै उद्योग मन्त्रालयको सम्झौतामा उल्लेख भएको समय सीमा समाप्त भैसकेको तर हालसम्म पनि उखु किसानको सम्पूर्ण रकम भुक्तानी नपाएको जनाएको छ ।

गत पुस १३ गते २१ दिनभित्र उखु किसानहरूको सम्पूर्ण बाँकी बक्यौता रकम भुक्तानी गर्ने गरी उखु किसान संघर्ष समिति र नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच सम्झौता भएको थियो ।

उखु किसान संघर्ष समितिका सचिव हरिश्याम रायले हालसम्म मन्त्रालयले कुन किसानहरूले कति रकम उद्योगीबाट पाउनु पर्ने र भुक्तानी पाइसकेको किसानहरूको विवरण चिनी उद्योगीबाट सार्वजनिक गराउन नसकेको बताए ।

किसानहरूको बाँकी भुक्तानी रकम र भुक्तानी पाइसकेको किसानहरूको विवरण सार्वजनिक नगर्नुले मन्त्रालयले दिएको मौखिक सूचनाबाट शंका उब्जिएको विज्ञप्तिमा उल्लेख छ ।

उखु किसानले तोकिएको मितिमा सबै भुक्तानी नपाएपछि संघर्षका कार्यक्रम समेत सार्वजनिक गरेका छन् ।

किसानहरुले पहिलो चरणमा माघ १० देखि फागुन ७ गतेसम्म किसान जागरण अभियान गर्ने, दोस्रो चरणमा फागुन ८ देखि १४ गतेसम्म कालोपट्टी बाँधेर खेतमा काम गर्ने, तेस्रो चरणमा फागुन १५ देखि २१ गतेसम्म एकछाक भोकै बसी काम गर्ने र चौंथो चरणको आन्दोलन घोषणा गर्ने रहेको विज्ञप्तिमा उल्लेख छ ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।