logo

पर्यटन क्षेत्रका समस्याहरुवारे साझा एजेण्डाहरु तय गरेर अगाडी बढ्ने तयारी

    1808   पटक पढिएको

७ आश्विन / अर्थ र व्यापार- पर्यटन क्षेत्रका व्यवसायीक संघ–संस्थाहरुले नेपालको पर्यटन क्षेत्रमा विद्यमान समस्याका वारेमा साझा एजेण्डाहरु तय गरेर अगाडी बढ्ने तयारी गरेका छन । 

मंगलवार नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले पर्यटन क्षेत्रका होटल एशोशियसन नेपाल,ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल,नेपाल एशोशियसन अफ ¥याफ्टीङ एजेन्ट्स  र नेपाल पर्यटक यातायात व्यवसायी संघका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिन आयोजना गरेको कार्यक्रममा वक्ताहरुले सो कुरा वताएका हुन । 

कार्यक्रममा नाट्टाका अध्यक्ष सि.एन पाण्डेले अवको समयमा नेपालले डिजिटल मार्केटिङमा जोड दिनुपर्ने वताए । उनले नेपाल भ्रमण वर्ष लगायत पर्यटन क्षेत्रका सम्पूर्ण समस्याहरुका वारेमा निजी क्षेत्रका सम्पूर्ण संस्थाहरुले एउटै मत बनाएर पर्यटन मन्त्रालय,नेपाल पर्यटन वोर्ड र अन्य सरोकारवाला निकायहरुसंग लविईङ गर्ने वताए ।

होटल एशोशियसन नेपालकी अध्यक्ष सृजना राणाले नेपालको पर्यटन क्षेत्रमा आजसम्म पनि पूर्वाधार,कनेक्टिभिटि र मार्केटिङकै अभाव रहेकोले त्यसमा ध्यान दिनुपर्ने वताईन । टानका अध्यक्ष खुमबहादुर सुवेदी,नाराका अध्यक्ष गंगा नेपाल र एनटिभिएका अध्यक्ष रामहरी शर्मा लगायतले पनि पर्यटन क्षेत्रका सम्पूर्ण समस्याहरु समाधानका लागी निजी क्षेत्रका सम्पूर्ण संस्थाहरुको सामुहिक आवाज हुनुपर्ने वताए । 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।