logo

फेक रेस्क्युवारे मन्त्री अधिकारी भन्छन–गलत गर्नेलाई कार्वाही हुन्छ,असल काम गर्नेहरु डराउनुपदैन 

    2423   पटक पढिएको

६ श्रावण/अर्थ र व्यापार- संस्कृति,पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रविन्द्र अधिकारीले नेपालमा पर्यटक उद्धारका नाममा ठगी गर्नेहरुको अनुसन्धान थालेपछि विश्वभर नेपालको वारेमा सकारात्मक सन्देशहरु जान थालिसकेको वताएका छन । आईतवार ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान)ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले नेपालको पर्यटन क्षेत्र दुई–चार वर्षलाई चलाएर खाने क्षेत्र नभएको र आगामी धेरै पुस्ताले यो व्यवसाय गर्नुपर्ने भएकोले यहाँ भित्रका समस्याहरुको समाधान गर्नुपर्ने वताएका हुन ।

आँफुकहाँ विभिन्न कुटनितिक निकायहरु वाट पनि नेपालमा पर्यटक उद्धारका नाममा ठगी भईरहेको जानकारी आएपछि यस सम्बन्धमा अध्ययन गर्न कार्यदलको गठन गरेको मन्त्री अधिकारीले वताए । “भएका समस्याहरु लुकाएर राखेपनि एक दिन त्यो बाहिर आईहाल्छ,वरु त्यसलाई बेलैमा समाधान गर्नुपर्छ”–मन्त्री अधिकारी भने । मन्त्रालयले पदयात्रामा गएका पर्यटकहरुको उद्धारका नाममा ठगी भईरहेको भन्दै यसवारे अध्ययन गर्न मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको नेतृत्वमा एक कार्यदलको गठन गरेको थियो । 

कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले कार्यदलको रिपोर्ट चाँडै आउने र संगसगै कार्वाही प्रक्रिया पनि अगाडि वढाईने वताए ।“फेक रेस्क्युको सम्बन्धमा गलत काम गर्नेलाई कार्वाही गरिन्छ,असल काम गर्नेहरु डराउनुपर्दैन,सवैलाई एकै ठाउँमा राखेर हेरिँदैन”–मन्त्री अधिकारीले भने ।

संस्कृति,पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले यो व्यवसायमा संलग्न केहि प्रतिशत टाठावाठाहरुले यो धन्दा चलाएको वताए ।“बेलुका खाना खाएर सुतेको मान्छेलाई भोलिपल्ट उठ्दा पखाला लगाउने वनाउन खानामा त्यस्तो चिज मिसाएर खुवाउने गरिएको पनि देखियो”–त्यस्ता गलत काम गर्नेहरुलाई कार्वाही गरेरै छाड्ने सचिव देवकोटाले वताए । करियर धेरै माथिसम्म पुग्नुपर्ने व्यक्तिहरुको कार्यदलको सदस्य भएका कारण कार्यदलले उपयुक्त प्रतिवेदन दिने अपेक्षा पनि सचिव देवकोटाले गरे । 

कार्यक्रममा ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल(टान) का अध्यक्ष नवराज दाहालले मन्त्रालयले यस सम्बन्धमा थालेको अनुसन्धान स्वागतयोग्य काम भएपनि विश्वभर नेपालको वारेमा गलत प्रचार भएको वताए । कार्यक्रममा नेपाल पर्यटन वोर्डका सदस्य दिपक महत, नाट्टाका अध्यक्ष सि.एन पाण्डे,पर्यटन व्यवसायिहरु पम्फा धमला,कुलबहादुर गुरुङ,तिलक लामा,यांकिला शेर्पा लगायतले पर्यटन व्यवसायमा भएका विभिन्न समस्याहरु वारे मन्त्री अधिकारीलाई जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।