logo

फेक रेस्क्युवारे मन्त्री अधिकारी भन्छन–गलत गर्नेलाई कार्वाही हुन्छ,असल काम गर्नेहरु डराउनुपदैन 

    2175   पटक पढिएको

६ श्रावण/अर्थ र व्यापार- संस्कृति,पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रविन्द्र अधिकारीले नेपालमा पर्यटक उद्धारका नाममा ठगी गर्नेहरुको अनुसन्धान थालेपछि विश्वभर नेपालको वारेमा सकारात्मक सन्देशहरु जान थालिसकेको वताएका छन । आईतवार ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान)ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले नेपालको पर्यटन क्षेत्र दुई–चार वर्षलाई चलाएर खाने क्षेत्र नभएको र आगामी धेरै पुस्ताले यो व्यवसाय गर्नुपर्ने भएकोले यहाँ भित्रका समस्याहरुको समाधान गर्नुपर्ने वताएका हुन ।

आँफुकहाँ विभिन्न कुटनितिक निकायहरु वाट पनि नेपालमा पर्यटक उद्धारका नाममा ठगी भईरहेको जानकारी आएपछि यस सम्बन्धमा अध्ययन गर्न कार्यदलको गठन गरेको मन्त्री अधिकारीले वताए । “भएका समस्याहरु लुकाएर राखेपनि एक दिन त्यो बाहिर आईहाल्छ,वरु त्यसलाई बेलैमा समाधान गर्नुपर्छ”–मन्त्री अधिकारी भने । मन्त्रालयले पदयात्रामा गएका पर्यटकहरुको उद्धारका नाममा ठगी भईरहेको भन्दै यसवारे अध्ययन गर्न मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको नेतृत्वमा एक कार्यदलको गठन गरेको थियो । 

कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले कार्यदलको रिपोर्ट चाँडै आउने र संगसगै कार्वाही प्रक्रिया पनि अगाडि वढाईने वताए ।“फेक रेस्क्युको सम्बन्धमा गलत काम गर्नेलाई कार्वाही गरिन्छ,असल काम गर्नेहरु डराउनुपर्दैन,सवैलाई एकै ठाउँमा राखेर हेरिँदैन”–मन्त्री अधिकारीले भने ।

संस्कृति,पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले यो व्यवसायमा संलग्न केहि प्रतिशत टाठावाठाहरुले यो धन्दा चलाएको वताए ।“बेलुका खाना खाएर सुतेको मान्छेलाई भोलिपल्ट उठ्दा पखाला लगाउने वनाउन खानामा त्यस्तो चिज मिसाएर खुवाउने गरिएको पनि देखियो”–त्यस्ता गलत काम गर्नेहरुलाई कार्वाही गरेरै छाड्ने सचिव देवकोटाले वताए । करियर धेरै माथिसम्म पुग्नुपर्ने व्यक्तिहरुको कार्यदलको सदस्य भएका कारण कार्यदलले उपयुक्त प्रतिवेदन दिने अपेक्षा पनि सचिव देवकोटाले गरे । 

कार्यक्रममा ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल(टान) का अध्यक्ष नवराज दाहालले मन्त्रालयले यस सम्बन्धमा थालेको अनुसन्धान स्वागतयोग्य काम भएपनि विश्वभर नेपालको वारेमा गलत प्रचार भएको वताए । कार्यक्रममा नेपाल पर्यटन वोर्डका सदस्य दिपक महत, नाट्टाका अध्यक्ष सि.एन पाण्डे,पर्यटन व्यवसायिहरु पम्फा धमला,कुलबहादुर गुरुङ,तिलक लामा,यांकिला शेर्पा लगायतले पर्यटन व्यवसायमा भएका विभिन्न समस्याहरु वारे मन्त्री अधिकारीलाई जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।