logo

भदौ १६ वाट हवाई तथा पर्यटन सेवा सञ्चालन गर्न पर्यटन क्षेत्रका संस्थाहरुको माग

    1787   पटक पढिएको

३० श्रावण / अर्थ र व्यापार– कोभिड–१९ सँगसँगै अघी बढ्न निरोधात्मक तथा प्रतिरोधात्मक व्यवस्थाको लागि बढी केन्द्रित भई भदौ १६, २०७७ बाट हवाई सेवा, पर्यटकीय यातायात तथा पर्यटनसँग सम्बन्धित सेवा तथा गतिविधि सञ्चालन गर्न पर्यटनसंग सम्बन्धित संघ–संस्थाहरुले अनुरोध गरेका छन । संस्कृति,पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री योगेश भट्ट्राईलाई एक ज्ञापनपत्र बुझाउँदै संस्थाहरुले  कोभिड–१९ बाट धराशयी हुँदै गएको पर्यटन तथा होटल उद्योग साउन १५, २०७७ बाट सञ्चालनमा रहने तथा भदौ १ गतेबाट आन्तरिक एवं वाह््य हवाई उडानहरु सुचारु गर्ने नेपाल सरकारको निर्णयबाट समग्र पर्यटन क्षेत्र उत्साहित भई विस्तारै चलायमान बनाउने संकल्पका साथ अगाडि बढेको उल्लेख छ ।

बिदामा बसेका पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायका कर्मचारीहरुलाई काममा बोलाई नेपाल सरकारबाट जारी भएको स्वास्थ्य तथा सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्न÷गराउन तालिम प्रदान गरी तयारी अवस्थामा राखेको र रहेको बारेमा समेत उनीहरुले उल्लेख गरेका छन । वर्तमान परिवेशले लाखौं मजदुर र हजारौं लगानीकर्ताहरुलाई मनोवैज्ञानिक, आर्थिक तथा सामाजिक समस्याहरुले गाँज्दै आक्रोशित र आन्दोलित समेत बनाएको हुँदा नियामक संयन्त्रहरुको परिपालना मार्फत व्यवहारिक ढंगबाट अगाडि बढ्न उनीहरुले आग्रह गरेका छन ।

पर्यटकीय क्षेत्रहरुमा आउने पाहुनाहरुलाई राज्यले अवलम्बन गरेको स्वास्थ्य तथा सुरक्षा प्रोटोकलको पूर्ण तथा प्रभावकारी पालना गरी सेवा विस्तार गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ । पछिल्लो दुई महिना देखि चाटर्ड  र रिप्याट्रिएसन उडान गरि दैनिक ७ देखि १० वटा हवाई उडान संचालन भई रहेकोमा उक्त उडानहरुले समग्र पर्यटन क्षेत्रलाई नसमेटेको साथै राज्यको आर्थिक गतिविधिमा खासै योगदान नपु¥याएको हुँंदा नियमित हवाई सेवा सुचारु गरी पर्यटकीय गतिविधीहरुको संचालन हुने अवस्था सृजना गर्न व्यवसायीका संघ–संस्थाहरुले माग गरेका छन ।

ज्ञापनपत्रमा, नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा),टान, हान,नेपाल पर्वतारोहण संघ लगायत डेढ दर्जन पर्यटकिय संस्थाका प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन ।


     
                                                                            
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।