२४ जेष्ठ / अर्थ र व्यापार- बचत तथा ऋण सहकारी संस्था (साकोस) शिखर सम्मेलन विहिवारवाट काठमाडौंमा सुरु भएको छ । वित्तिय समावेशीकरणमार्फत् जनताको जीवनस्तरमा आवश्यक परिवर्तन ल्याउने गरी भावी योजना तय गर्न तेस्रो साकोस शिखर सम्मेलन काठमाडौंमा सुरु भएको हो ।
शिखर सम्मेलनको उद्घाटन गर्दै उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले आर्थिक विकास र समृद्धिको राष्ट्रिय अभियानमा सहभागी हुन सबैलाई एकताबद्ध भएर अघि बढन आह्वान गरे । उनले समृद्धिको अभियानलाई शिखरमा पु¥याउन वेगवान गतिका साथ अघि बढन सरकार प्रतिबद्ध रहेको वताए । कार्यक्रममा पोखरेलले मुलुकलाई समृद्ध बनाउन नीतिगत र संरचनागत सुधार गरेर अघि बढ्न आवश्यक रहेको वताए ।
कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले सहकारी ऐनलाई संशोधन गरेर अघि बढन सरकार प्रतिवद्ध रहेको बताए । उनले सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि आवश्यक बहसमा सहभागी हुन पनि सहकारीकर्मीहरुलाई सचेत गराए । मन्त्री तामाङले सहकारीकर्मीहरुले मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।
तपाईको प्रतिक्रिया