logo

सरकार उदार भएकाले प्रदेश प्रमुखलाई दुई वर्ष काम गर्न दियो ; प्रचण्ड

    1296   पटक पढिएको

१९ कात्तिक / अर्थ र व्यापार 

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश प्रमुखहरु परिवर्तन हुनु स्वाभाविक भनेका छन् । साथै उनले नयाँ प्रदेश प्रमुखहरुको नियुक्तिमा नेकपा नेता माधवकुमार नेपालले राखेको फरक मतलाई पनि ‘सामान्य’ भनेका छन् ।

मंगलबार बाँकेको नेपालगञ्ज विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा प्रचण्डले सरकार परिवर्तन भइसकेपछि प्रदेश प्रमुखहरु पनि परिवर्तन हुने सामान्य प्रचलन रहेको बताए ।
शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा नियुक्त भएका सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई हटाएर वर्तमान सरकारले नयाँ प्रदेश प्रमुखहरु नियुक्त गरेको छ । नवनियुक्त प्रदेश प्रमुखहरुले मंगलबार बिहान शीतलनिवासमा शपथ ग्रहण पनि गरेका छन् ।

तीन वर्ष कार्यकाल बाँकी रहँदै प्रदेश प्रमुखहरु हटाएको भनेर कतिपयले सरकारको आलोचना गरिरहेका बेला प्रचण्डले भने नेकपा नेतृत्वको सरकार उदार भएकाले अघिल्लो सरकारको पालामा नियुक्त भएका प्रदेश प्रमुखहरुलाई दुई वर्षसम्म काम गर्न दिएको बताए ।प्रदेश प्रमुखहरुले सरकारको प्रतिनिधिको रुपमा काम गर्ने भएकाले उनीहरुलाई हटाउने र नियुक्त गर्ने कुरा सरकारको क्षेत्राधिकारभित्रै पर्ने प्रचण्डले बताए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।