logo

शुभेच्छुकलाई धन्यवाद दिँदै प्रधानमन्त्रीले भने– मेरो स्वास्थ्यमा तीव्र सुधार भइरहेको छ

    395   पटक पढिएको

१२ मङ्सिर / अर्थ र व्यापार  - प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अस्पताल भर्ना भएको तेस्रो दिन थप सुधार देखिएको छ । प्रधानमन्त्री ओलीले बिहीबार बिहान ट्वीटर ह्याण्डलमार्फत आफ्नो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको बताएका छन् । उनले स्वास्थ्यस्थितिबारे चासो राख्ने तथा शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यावादसमेत दिएका छन् ।

महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आईसीयूमा उपचाररत् प्रधानमन्त्री ओलीले पत्नी राधिकासहित सीमित व्यक्तिसँगमात्र भेटेका छन् । उनले बिहीबार बिहानदेखि सामाजिक सञ्जालमा व्यक्त प्रतिक्रियाहरू समेत हेरिरहेको सचिवालयका एक सदस्य रामशरण बजगाईले बताएका छन् ।

पेटमा अचानक समस्या आएपछि प्रधानमन्त्रीलाई मंगलबार अस्पताल भर्ना गरिएको थियो । सोही दिन एपेन्डिसाइटिसको शल्यक्रियापछि एक रात भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

दसैं तिहार नजिकिएसँगै रेमिट्यान्स भित्रिने क्रम बढ्यो, देसमा रित्तिएको ढुकुटी भर्न सहयोग हुने

दसैं, तिहार र छठपर्व नजिकिएसँगै रेमिट्यान्स भित्रिने क्रम बढेको छ ।

आईएमएफको प्रतिनिधि काठमाडौंमा,नेपालको राजस्व प्रशासनका विषयमा अनुसन्धान हुँदै

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को आठ सदस्यीय प्रतिनिधि विगत एक सातादेखि काठमाडौंमा छन् ।

व्यापारिका गुनासो : महँगो ब्याज तिर्दा नि पाइँदैन ऋण

लामो समयदेखि बैंकिङ प्रणालीमा तरलताको समस्या छ ।

शर्मा फेरि अर्थमन्त्रालय फर्किए, प्रमुख प्रतिपक्षि दल एमालेको असन्तुष्टी कायमै

अर्थमन्त्री जर्नादन शर्मा पुनः अर्थमन्त्रालय फर्किएका छन ।

मनोरञ्जन

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।

कक्षा १२ उत्तिर्ण गरिन करिश्मा मानन्धरले

नायिका करिश्मा मानन्धरले कक्षा १२ पास गरेकी छन् । शुक्रबार प्रकाशित नतिजा अनुसार उनले ‘बी प्लस’ ग्रेडसहित १२ कक्षा उत्तिर्ण गरेकी हुन् । यस्तो रिजल्ट आएपछि नायिका मानन्धरले आफुले सोचेअनुसारकै नतिजा आएको बताएकी छिन् । उनका अनुसार दुईवटा विषयमा ए प्लस आएको छ भने समग्रमा बी प्लस आएर १२ कक्षा पास भएको छ ।