२७ बैशाख /अर्थ र व्यापार - आर्थिक वृद्धिदर बढेका क्षेत्रहरुमा करको दायरा बढाउन आन्तरिक राजस्व विभागलाई अर्थमन्त्री डा. युवराज खतिवडाले निर्देशन दिएका छन् ।
कर योग्य क्षेत्रमा एक पैसा पनि कर नछोड्न र अनावश्यक क्षेत्रमा कर असुली नगर्न पनि सम्बन्धित निकायलाई अर्थमन्त्री खतिवडाले सचेत गराए ।
आज आन्तरिक राजस्व विभागले काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले ८ प्रतिशतसम्म आर्थिक वृद्धिदर भएका क्षेत्रहरुमा करको दायरा बढाउन ढिलाई गरिएकोमा आक्रोश पनि व्यक्त गरे ।
कृषि क्षेत्रबाहेकका अन्य क्षेत्रमा ६, ७ र ८ प्रतिशतसम्म आर्थिक वृद्धिदर भएकाले त्यसको करको दायरा बढाउन ढिलाई गर्न नहुने अर्थमन्त्री खतिवडाको भनाइ छ ।
तपाईको प्रतिक्रिया