logo

टासीले पु¥याए अकोङकवा हिमालको चुचुरोमा नेपाल भ्रमण वर्षको लोगो

    2116   पटक पढिएको

२३ पुष/ अर्थ र व्यापार- एशिया बाहिरकै सबैभन्दा अग्लो अकोङकवा हिमाल (६,९६२ मिटर) को चुचुरोमा नेपाल भ्रमण वर्ष २०२० को लोगो पु¥याएर नेपालको पर्यटन प्रवद्र्धन गरिएको छ । पर्यटन व्यवसायी तथा आरोही टासी लाक्पा शेर्पाको नेतृत्वमा ५० भन्दा बढी विदेशी र नेपाली आरोहीको टोलीले भ्रमण वर्षको प्रचार गरेको हो ।

दक्षिण अमेरिकामा रहेको अकोङकवा चुचुरो आरोहणमा अर्जेन्टिना, चीन, जापान, रसिया, जर्मन, नर्थ अमेरिका, स्पेन, फ्रान्सका गरी ५० जना बढी आरोही रहेको  आरोही गाइड कर्मा तेन्जिङले बताए । नेपाली र विदेशी आरोहीले एकै पटक चुचुरोबाट नेपाल भ्रमणका लागि सबैलाई आव्हान समेत गरेका थिए । 

साउथ अमेरिका र अर्जेन्टिनामा रहेको उक्त हिमालमा टोलीले गत पुस १९ गते चुचुरोबाट नेपाल भ्रमणको निम्तो गरेको सेभेन समिट ट्रेकका प्रवन्ध निर्देशक तथा आरोही लिडर टासी लाक्पा शेर्पाले बताए । यो टोलीले नेपाल भ्रमण वर्ष २०२० को लोगो चुचुरोमा फहराएका थिए ।

सात महादेशका अग्ला शिखरमध्ये अकोङकवा हिमाल मुख्य हो । सेभेन समिट पूरा गर्न यो हिमाल आरोहण गर्नुपर्ने हुन्छ । आरोही गाइड तथा पर्यटन व्यवसायी टासीको नेतृत्वमा सात महादेशका सातै वटा अग्लो शिखर आरोहण गरेर थप नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने लक्ष्य राखिएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।