११ भदौ / अर्थ र व्यापार- नेकपा निकट तिनवटै पर्यटकीय संगठनहरुले टानको अध्यक्षमा टानका पूर्व कोषाध्यक्ष तथा आसाही ट्रेक्स एण्ड एक्सपीडिसन प्रा.लि.का प्रबन्ध निर्देशक अञ्जन थापा (कुमार) लाई अध्यक्षमा उठाउने निर्णय गरेको छ ।
बुधवार नेपाल राष्ट्रिय पर्यटन व्यावसायी संगठनका अध्यक्ष मदन आचार्य, पर्यटन व्यावसायी संगठन नेपाल का अध्यक्ष सिताराम सापकोटा र नेपाल पर्यटन व्यवसायी संगठनका अध्यक्ष नवराज दाहाल सहित बसेको कार्यदलको बैठकले अध्यक्षमा अञ्जन थापा(कुमार) लाई उठाउने निर्णय गरेको कार्यदलका सदस्य राजेन्द्रप्रसाद सापकोटाले अर्थ र व्यापारलाई वताए । कार्यदलले थापाको नाममा सर्वसम्मत निर्णय गरेको हो । टानको निर्वाचन आगामी भाद्र २० गते हुँदैछ ।
तपाईको प्रतिक्रिया