logo

टान नेतृत्वका आकांक्षीहरुले आफ्ना एजेण्डाहरु ल्याउनुपरयो : पूर्व अध्यक्ष अधिकारी

    1936   पटक पढिएको

२४ असार / अर्थ र व्यापार- ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को ४१ औं वार्षिक साधारणसभा को मिति आगामी भाद्र २० (सेप्टेम्बर ६) का दिन तोकिएसंगै टानमा नेतृत्व लिन चाहनेहरुले आफ्नो उम्मेदवारी घोषणा गरिरहेका छन । 

टानको आगामी नेतृत्वका वारेमा व्यवसायीहरु विच चर्चा परिचर्चा भईरहँदा अर्थ र व्यापारले टानका पूर्व अध्यक्ष ज्योति अधिकारीसंग टानमा कस्तो नेतृत्व आवश्यक छ भन्ने प्रश्न राखेको थियो । अर्थ र व्यापारसंग कुरा गर्दै टानका पूर्व अध्यक्ष अधिकारीले नेतृत्वमा जान चाहनेहरुले आफ्ना एजेण्डा र आँफु टानमा गएर गर्न चाहेका कामहरु वाहिर ल्याएर बहस चलाउनुपर्नेमा त्यसो नभईरहेको वताए । “हरेक व्यक्तिमा टानमा नेतृत्व लिन र त्यहाँको स्रोतहरुमा मात्र ध्यान गएको पाईयो, केहि समय अगाडी देखि नै आफ्ना एजेण्डाहरु व्यवसायीहरु विचमा ल्याएर बहस, छलफल गराएर ति एजेण्डा लागु गर्न कसैले पहल गरेको देखिएन”–अधिकारीले भने ।

“पदयात्रा पर्यटन क्षेत्रको विकासका लागी टानको नेतृत्वले विभिन्न सरकारी निकायहरुसंग समन्वयकारी भुमिका खेल्न सक्नुपर्छ, त्यसका लागी सक्षम व्यक्तिले टानको नेतृत्व लिएमात्र टानले गति लिन सक्छ”–पूर्व अध्यक्ष अधिकारीले भने । केहि वर्ष पहिलेको टानको उदाहरण दिँदै अधिकारीले त्यस्ता योग्य व्यक्ति टानको नेतृत्वमा नआएमा सरकारी सुब्बाले पनि नटेर्ने हुँदा पदयात्रा व्यवसायीका समस्या समाधानका लागी सरकारसंग लविईङ गर्न नसक्ने वताए ।

पहिले–पहिले अस्थिर सरकारहरु हुँदा टान नेतृत्वलाई कतिपय आफ्ना विषयहरु लागु गराउन सजिलो भएपनि हाल त्यो अवस्था नरहेको अधिकारीले वताए । “स्थिर र शक्तिशाली सरकार भएको अवस्थामा राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रलाई पनि पुरा विषयवस्तुमा सहमत गराएर मात्र नितिगत परिवर्तन ल्याउन सकिन्छ, त्यस्तो नेतृत्व व्यवसायीहरुले छान्नेछन् भन्ने मलाई विश्वास छ”–अधिकारीले भने । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।