logo

टानमा सहमतिको सम्भावना सकियो, आन्तरिक रुपमा उम्मेदवार छनोटको तयारी तिव्र

    2107   पटक पढिएको

५ कात्र्तिक / अर्थ र व्यापार- उच्च हिमाली र पहाडी जिल्लाहरुमा आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशको निर्वाचन र नेपालीहरुको दोस्रो ठूलो चाड तिहारका कारण आगामी कात्र्तिक १२ गते हुने ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को निर्वाचनमा असर परेको छ । अघिल्ला वर्षहरुमा एक महिना अगाड देखि चुनाव लाग्ने पर्यटन व्यवसायीहरुमा यसपटक भने त्यस्तो देखिएन ।

यद्यपी तिहार सकिए लगत्तै आईतवार विहानै देखी पर्यटन व्यवसायिहरुको कोठे बैठकहरु सुरु भईसकेको छ । टानको ३९ औं वार्षिक साधारणसभा एवं निर्वाचन आगामी कात्र्तिक १२ ( २९ अक्टोवर) मा बौद्ध स्थित हायात रिजेन्सि होटलमा हुँदैछ । टानको आगामी नेतृत्वका लागी तिहार अगाडी देखि सुरु भएको सहमतिको प्रयास भने समाप्त भएको छलफलमा संलग्न व्यवसायिहरुले अर्थ र व्यापारलाई वताए । विशेषगरि नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र निकटका व्यवसायिहरुले अध्यक्षमा एकले अर्कोलाई स्विकार नगर्दा सहमतिको सम्भावना सकिएको छलफलमा संलग्न व्यवसायिहरुले अर्थ र व्यापारलाई वताए । 

सहमतिको सम्भावना सकिएको छनक पाउने वित्तिकै आजै विहान देखि राजनीतिक दलनिकट पर्यटन व्यवसायिका संस्थाहरु विच तालमेलका लागी पहल सुरु भईसकेको र निर्वाचनमा जाँदा आँफु बलियो बन्ने तर्फ सवैको ध्यान गएको पाईन्छ । टानको निर्वाचनमा विशेषगरि नेपाली कांग्रेस निकट राष्ट्रिय पर्यटन व्यवसायि संगठन (निट), नेकपा एमाले निकट राष्ट्रिय पर्यटन व्यवसायि संगठन र माओवादी केन्द्र निकट नेपाल पर्यटन व्यवसायि संगठन, नयाँ शक्ति निकट पर्यटन व्यवसयिहरु, विग हाउसहरु र शेर्पाहरुको मत निर्णायक मानिन्छ । यसपटक सहमतिको प्रयास राम्रै संग भएपनि विगतको धोकाधडी पूर्ण ईतिहासका कारण पनि एकले अर्कोलाई विश्वास गरिहाल्न नसक्ने अवस्था आएको छलफलमा सहभागी एक व्यवसायिले वताए ।

यसपटक टानको अध्यक्षमा जान नेपाली कांग्रेस निकट व्यवसायिहरु वाट टानका पूर्व महासचिव मोहन लम्साल र पूर्व उपाध्यक्ष केशव पाण्डे,पूर्व कोषाध्यक्ष खुम बहादुर सुवेदी,  नेकपा एमाले निकट व्यवसायिहरु वाट पूर्व कोषाध्यक्ष अञ्जन थापा (कुमार) र पुर्व महासचिव हरि धरेल, माओवाद केन्द्र वाट नेपाल पर्यटन व्यवसायि संगठनका संयोजक नवराज दाहाल विशेष पहल गरिरहेका छन । हालसम्म दाहाल बाहेक नेपाली कांग्रेस निकट र एमाले निकट व्यवसायिहरुमा पार्टी भित्रै कोहि पनि अध्यक्षमा सर्वसम्मत भईसकेका छैनन । फेरी आफ्नो दल भित्र मात्रै सर्वसम्मत भएपनि तालमेल गर्दा एकले अर्कालाई अध्यक्ष छोडिहाल्ने अवस्था पनि छैन । 

यसअगाडी देखि कायम रहेको एमाले निकट र माओवादी केन्द्र निकट व्यवसायिहरुको तालमेल जसरी पनि फुटाउने र आँफुतिर मिलाउने पक्षमा निट देखिन्छ । राष्ट्रिय राजनीतिमा भएको बाम गठबन्धनका कारण यसै निर्वाचनमा यो गठबन्धन तोड्न निटले रणानीतिक अभ्यास सुरु गरेको छ । यता एमाले र माओवादी निकट व्यवसायिहरु विचमा यसभन्दा अगाडी नेपाल पर्वतारोहण संघको निर्वाचनमा माओवादी केन्द्रलाई अध्यक्ष दिने बजार हल्ला आएपनि केन्द्र निकट व्यवसायिका उम्मेदवार नवराज दाहाललाई अध्यक्ष मान्न नसकिने एमाले निकट व्यवसायिहरुले प्रष्ट रुपमा वताएका छन । नेपाल राष्ट्रिय पर्यटन व्यवसायि संगठनका अध्यक्ष चन्द्र रिजालले यसअघि एकले अर्कालाई सघाउने निर्णय भएको भए पनि कोही व्यक्तिका विषयमा यसअघि कुनै सहमति नभएको वताए । यता अध्यक्षका आकांक्षीहरु अञ्जन थापा र हरि धरेल पनि सहजै दाहाललाई अध्यक्ष छोड्ने मुडमा नहुँदा एमाले माओवादी निकट व्यवसायिहरुको तालमेल रहेपनि कसले अध्यक्षको पद हात पार्ला,आज बेलुका वा सोमवार विहान सम्ममा त्यसको टुंगो लाग्ने एमाले निकट एक पर्यटन व्यवसायिले वताए ।

त्यसैले यसपटक एमाले–माओवादी गठबन्धन वाट दाहाल, थापा र धरेलको सम्भावना आजका दिनसम्म उत्तिकै छ । यो गठबन्धनले हरि धरेललाई अन्यत्र व्यवस्थापन गर्ने पहल गरेपनि थापालाई व्यवस्थापन गर्न सहज छैन । त्यसले अन्त्यमा दाहाल वा थापा यो गठबन्धन वाट अध्यक्षमा जाने सम्भावना प्रवल छ । पर्यटन क्षेत्रका जानकार हरुका अनुसार सहमतिमा अध्यक्ष भए दाहाल र निर्वाचनमा जाने स्थितिमा थापालाई उम्मेदवार बनाउनुपर्नेमा एमाले–माओवादी निकट व्यवसायिहरु एकमत देखिन्छन ।

यता निट भित्र पनि लम्साल वा पाण्डे कसलाई उम्मेदवार बनाउने भन्नेमा बहस भईरहेको छ । सोमवार विहान सम्ममा निटले पनि अध्यक्षको उम्मेदवारको निर्णय गर्ने सम्भावना देखिएको छ । यद्यपी त्यसअघि तालमेलको लागी सवै पक्षवाट पहल भईरहेको छ । नयाँ शक्ति निकट व्यवसायिहरुको तालमेल कांग्रेस निकट व्यवसायिहरु संग हुने सम्भावना उच्च छ । नयाँ शक्ति निकट गोविन्द पन्तले अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेको थिए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।