११ श्रावण / अर्थ र व्यापार- पुल्चोक,ललितपुरस्थित श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो सम्पत्ती कुनियत राखि हड्प्ने कोशिस गरेको भन्दै पिडितले भुमि व्यवस्था तथा सहकारी मन्त्रालय,सहकारी विभाग तथा राष्ट्रिय सहकारी महासंघमा उजुरी हालेका छन ।
पिडित डा.शितल रेग्मीले सो सहकारी संस्थावाट लिएको ऋण तिरी आफ्नो सम्पत्ती फिर्ता लिन तयार हुँदाहुँदै श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले कुनियत राखि हड्प्ने कोशिस गरेको उल्लेख गरेका छन । पिडित रेग्मिले आफ्नो सम्पत्तिहरु संस्थाले सकार गरेकै रकम फिर्ता गर्न पनि तयार रहँदा पनि संस्थाले विभिन्न ढंगले प्रेसर दिएको र आफ्नो सम्पत्ती फिर्ता नदिएको हुनाले ऋण रकम चुक्ता गरि आफ्नो सम्पत्ती फिर्ता पाउँ भनि उजुरी पेश गरेका छन ।
तपाईको प्रतिक्रिया