२० जेठ/ अर्थ र व्यापार- कांग्रेस सभापति शेरबहादुर देउवाले नयाँ प्रधानमन्त्रीका लागि संसद सचिवालयमा उम्मेदवारी दर्ता गराएका छन् । देउवाको उम्मेवारीमा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रस्तावक छन् भने कांग्रेस नेता रामचन्द्र पौडेल र विजयकुमार गच्छदार समर्थक रहेका छन् । नयाँ प्रधानमन्त्री छनोटका लागि व्यवस्थापिका संसदमा भोलि जेठ २१ गते आइतबार निर्वाचन हुँदैछ ।
देउवा प्रधानमन्त्री पुष्पकमल दाहालका साथै आफ्ना समर्थक दल र पार्टीका नेता सहित संसद भवन नयाँ वानेश्वर पुगेका थिए । रामचन्द्र पौडेल, शेखर कोइराला लगायत कांग्रेस नेताहरु पनि उम्मेदवारी दर्ता गराउन गएका थिए । प्रधानमन्त्री बाट प्रचण्डले राजीनामा दिए पछि सहमतीय सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले एक हप्ताको समय दिएकी थिइन् तर उक्त समय सीमा भित्र सहमति नजुटेपछि सरकार गठन बुहमतीय प्रक्रियामा प्रवेश गरेको हो ।
तपाईको प्रतिक्रिया