logo

नेपाल स्टक एक्सचेञ्जमा प्रभु बैंकको शेयर मूल्य समायोजन

    1346   पटक पढिएको

६ फागुन /अर्थ र व्यापार - प्रभु बैंकको फागुन ६ गते सोमबार नेपाल स्टक एक्सचेञ्जमा शेयर मूल्य समायोजन भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्न लागेको चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयरपश्चात शेयरमूल्य समायोजन भएको हो ।

नेप्सेले बैंकको बोनस पश्चात समायोजित शेयरमूल्य प्रतिकित्ता २१० रुपैयाँ १९ पैसा निर्धारण गरेको छ । नेप्सेमा १८० दिन कारोबार भएको मूल्यको आधारमा बैंकको औसत आधारमूल्य २७२ रुपैयाँ ५९ पैसा कायम भएको छ । समायोजित शेयरमूल्यका आधारमा बैंकको शेयर कारोबार सुचारु भएको छ ।

बैंकले फागुन १९ गते आह्वान गरेको १७ औ वार्षिक साधारण सभाका लागि सोमबार शेयरधनी दर्ता किताब बन्द गरेको हो। यसअनुसार फागुन ५ गते आइतबारसम्म कायम शेयरधनीले मात्र उक्त बोनस पाउनेछन्। साधारण सभा बैंकको केन्द्रीय कार्यालय बबरमहलमा दिउँसो १ बजे सुरु हुनेछ । सभाबाट बैंकले चुक्ता पूँजीको ८ प्रतिशत (६५ करोड ८७ लाख १५ हजार ८८२ रुपैयाँ) बोनस शेयर अनुमोदन गर्दैछ । यस्तै बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि नगद लाभांश पनि पारित गर्दैछ ।

यस्तै साधारण सभाले संस्थापक र साधारण शेयरधनीको शेयर संरचना परिवर्तन पनि परिवर्तन गर्न भएको छ । बैंकले संस्थापकको ५५ प्रतिशत तथा साधारण शेयरधनीको हिसा ४५ कायम गर्ने प्रस्ताव पारित गर्ने भएको हो । हाल बैंकमा संस्थापकको ६१.३१ प्रतिशत र सर्वसाधारण ३८.६९ प्रतिशत शेयर स्वामित्व रहेको छ । हाल ८ अर्ब २३ करोड ३९ लाख ५९ हजार रुपैयाँ चुक्ता पूँजी भएको बैंकको बोनस शेयर पश्चात ८ अर्ब ८९ करोड २६ लाख ७४ हजार रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले एक अर्ब ४ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिशेयर आम्दानी २५ रुपैयाँ ३१ पैसा छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।