logo

नेपाल स्टक एक्सचेञ्जमा प्रभु बैंकको शेयर मूल्य समायोजन

    1078   पटक पढिएको

६ फागुन /अर्थ र व्यापार - प्रभु बैंकको फागुन ६ गते सोमबार नेपाल स्टक एक्सचेञ्जमा शेयर मूल्य समायोजन भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्न लागेको चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयरपश्चात शेयरमूल्य समायोजन भएको हो ।

नेप्सेले बैंकको बोनस पश्चात समायोजित शेयरमूल्य प्रतिकित्ता २१० रुपैयाँ १९ पैसा निर्धारण गरेको छ । नेप्सेमा १८० दिन कारोबार भएको मूल्यको आधारमा बैंकको औसत आधारमूल्य २७२ रुपैयाँ ५९ पैसा कायम भएको छ । समायोजित शेयरमूल्यका आधारमा बैंकको शेयर कारोबार सुचारु भएको छ ।

बैंकले फागुन १९ गते आह्वान गरेको १७ औ वार्षिक साधारण सभाका लागि सोमबार शेयरधनी दर्ता किताब बन्द गरेको हो। यसअनुसार फागुन ५ गते आइतबारसम्म कायम शेयरधनीले मात्र उक्त बोनस पाउनेछन्। साधारण सभा बैंकको केन्द्रीय कार्यालय बबरमहलमा दिउँसो १ बजे सुरु हुनेछ । सभाबाट बैंकले चुक्ता पूँजीको ८ प्रतिशत (६५ करोड ८७ लाख १५ हजार ८८२ रुपैयाँ) बोनस शेयर अनुमोदन गर्दैछ । यस्तै बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि नगद लाभांश पनि पारित गर्दैछ ।

यस्तै साधारण सभाले संस्थापक र साधारण शेयरधनीको शेयर संरचना परिवर्तन पनि परिवर्तन गर्न भएको छ । बैंकले संस्थापकको ५५ प्रतिशत तथा साधारण शेयरधनीको हिसा ४५ कायम गर्ने प्रस्ताव पारित गर्ने भएको हो । हाल बैंकमा संस्थापकको ६१.३१ प्रतिशत र सर्वसाधारण ३८.६९ प्रतिशत शेयर स्वामित्व रहेको छ । हाल ८ अर्ब २३ करोड ३९ लाख ५९ हजार रुपैयाँ चुक्ता पूँजी भएको बैंकको बोनस शेयर पश्चात ८ अर्ब ८९ करोड २६ लाख ७४ हजार रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले एक अर्ब ४ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिशेयर आम्दानी २५ रुपैयाँ ३१ पैसा छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।