logo

शेयर बजारलाई रेस्क्यु गर्नुपर्ने अवस्था आएको भन्दै लगानीकर्ताद्वारा चिन्ता व्यक्त

    1293   पटक पढिएको

७ फागुन /अर्थ र व्यापार - मंगलबार संसदको अर्थ समतिको बैठकमा उपस्थित लगानीकर्ताहरुले बजारलाई रेस्क्यु गर्नुपर्ने अवस्था आएको बताएका छन् । शेयर बजारका लगानीकर्ताले सरकारले जनाएका प्रतिबद्धता कार्यान्वयनमा नआउँदा शेयर बजार कोमामा पुगको र अब भिटामिनले पनि काम नगर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

समितिको बैठकमा शेयर लगानीकर्ता दबाब समूहका अध्यक्ष हरि ढकालले पूँजीबजार सुधारका बिषयमा अध्ययन गर्न गठित समितिले प्रस्ताव गरेको सुझाव उपयुक्त भए पनि कार्यन्वयन हुन नसक्दा बजार सुधार हुन नसकेको बताए । पूँजी बजार दुर्घटनाउन्मूख रहेको भन्दै उद्यारको खाचो रहेको उनको भनाई थियो ।

त्यस्तै इन्भेष्टर फोरमका नव नियुक्त अध्यक्ष छोटेलाल रौनियारले २३ खर्बको पूँजीबजार १३ अर्ब झरेको उल्लेख गर्दे लगानीकर्ता डराउने वातावरण उत्पन्न भएकोप्रति ध्यानकर्षण गराए । उनले बजार सुधारका लागि सरकारले घोषणा गरेका कार्यक्रम तत्काल कार्यन्वयन गर्नुपर्नेमा जोड दिए । 

पूँजीगत लाभकरको बिषय अझै टुङ्गोमा नपुग्दा लगानीकर्ता अन्योलमा रहेको भन्दै उनले यस सन्दर्भमा सरकारको आधिकारिक धारणा सार्वजनिक हुनुपर्ने माग समेत गरे । बैंकको चर्को ब्याजदर नै अहिलेको पुँजी बजार विकासको मूख्य बाधक भएको बताउँदै रौनियारले बैंक ब्याजदर नियन्त्रण गर्नुपर्ने तर्क गरे। साथै उनले शेयर बजारको विस्तारका लागि बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने, बजार अध्ययन गरेर मात्रै प्यान लगाउनुपर्ने धारणा राखे ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।