logo

सेयर लगानीकर्ताहरुको चाहाना अनुरुप प्यान लगाउने धितोपत्र बोर्डको तयारी

    1040   पटक पढिएको

२९ फागुन /अर्थ र व्यापार -  सेयर लगानीकर्ताहरुको मनोभावना अनुसार नै प्यान लगाउने तयारीमा धितोपत्र बोर्ड जुटेको छ । यसअघि सेयर खरिद गर्नेलाई मात्रै प्यान लगाउने भनिएपनि अब भने बोर्डले सेयर खरिद, बिक्री गर्नेलाई नै प्यान लगाउने भएको हो ।

बोर्डका निकट स्रोतका अनुसार दोस्रो बजारमा कारोबारको सिमा तोकी सेयर खरिद, बिक्री गर्ने दुवैलाई प्यान लागु गर्ने गरी अन्तिम तयारी भएको छ ।
पहिलो चरणमा ५ लाख बन्दा बढी लगानी गर्ने लगानीकर्ताहरुलाई प्यान अनिवार्य गर्ने र ५ लाख भन्दा कम लगानी गर्ने तथा साना लगानीकर्ताहरुलाई प्यानमा प्रोत्साहित गर्न हाललाई ऐच्छिक रुपमा प्यान लागु गर्ने बोर्डका एक अधिकारीले बताए । यसअघि वैशाख १ गतेदेखि प्यान लगाउने भनिएपनि लगानीकर्ताको तिब्र दबाबकाबीच समय परिवर्तन हुन सक्ने स्रोतको भनाई छ ।

यतिबेला लगानीकर्ताहरुले सेयर बजारमा कालान्तरमा प्यान लागुहुने नै भएपनि अहिले बजार प्यानिक भएको समयमा लागुगर्नु भन्दापनि यस बारेमा अध्ययन गरेर, यसले लगानीकर्तालाई हुने फाइदा, बेफाइदाको बारेमा जानकारी गराएर केही समय पछि लागु गर्न माग गर्दै आएका छन् ।

लगानीकर्ताहरुले बोर्ड, नेप्से हुँदै अर्थ मन्त्रालयमा समेत पुगेर प्यान वैशाख १ गते नै लागु गर्नु भन्दा पनि केही समय पछि धकेल्न माग गर्दै आएका छन् । सोमबार नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेलले मन्त्रालयका अधिकारीसँग प्यान लगाउने विषयमा छलफल गरेकी थिईन । प्यान लागु गर्नका लागि समय लगायत विभिन्न विषयमा ध्यान दिन आग्रह गरेकी थिईन । मन्त्रालयले सोमबार नै बोर्डलाई पत्र पठाउँदै एक साता भित्र प्यान कसरी लगाउने, कहिलेबाट लगाउँदा उपयुक्त हुन्छ भन्ने विषयमा जानकारी गराउन निर्देशन दिएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।