logo

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकममा भने केही सुधार

    983   पटक पढिएको

१२ फागुन /अर्थ र व्यापार - साताको पहिलो दिन आइतबार नेप्सेमा दोहोरो अंक (१०.७५) को गिरावट आउँदा सूचक गत फागुन ६ गतेको भन्दा तल ११०२.३२ बिन्दुमा झरेको छ । सूचक घटेपनि गत बिहीबारको तुलनामा कारोबार रकममा भने केही सुधार आएको छ । गत बिहीबार १६ करोड ४४ लाख रुपैयाँको कारोबार भएको बजारमा आइतबार भने ४ करोड ५५ लाख रुपैयाँले बढेर २० करोड ९९ लाख ८७ हजार रुपैयाँ बराबरको कारोबार भएको हो । आइतबार १६६ कम्पनीका ६ लाख ९८ हजार ५४२ कित्ता शेयर किनबेच भयो ।

कारोबारमा आएका १० उप(सूचकमध्ये उत्पादन तथा प्रशोधन मात्रै सकारात्मक देखिएको छ। बाँकी सबै समुहको सूचक ओरालो लागेका छन् । उत्पादन तथा प्रशोधन समुहको सूचक ३३.२ अंकले बढेको छ । आइतबार निर्जीवन बीमा समुहको सूचक सबैभन्दा धेरै ६९.२ अंकले घटेको छ। यस्तै जीवन बीमा ६१, माइक्रोफाइनान्स २०.७२, होटल १९.१३, अन्य १०.९७, हाइड्रोपावर ९.३२, वाणिज्य बैंक ९.०१, विकास बैंक ५.२६ र फाइनान्स ०.६७ अंकले ऋणात्मक बनेका छन् ।

घटेको बजारमा एनआईसी एशिया बैंकको शेयरमूल्य घटेर उच्च कारोबार भएको छ। बैंकको शेयरमूल्य प्रतित्ता १४ रूपैयाँले एक करोड ३७ लाख रुपैयाँ कारोबार भएको हो । यस्तै नबिल बैंकको एक करोड २३ लाख शिखर इन्स्योरेन्सको एक करोड ३ लाख चौतारी लघुवित्तको एक करोड ३ लाख, अपर तामाकोशीको एक करोड २ लाख र नेपाल बैंकको एक करोड रुपैयाँ बराबरको कारोबार भयो । बाँकी कुनै पनि कम्पनीको कारोबार रकम करोड नाघ्न सकेन ।

आइतबार युनिलिभर नेपालको शेयरमूल्य सबैभन्दा धेरै ४.०३ प्रतिशतले बढेको छ । आइतबारको बजारबाट एक्सेल डेभलपमेन्ट बैंकको शेयरधनीले ३.९९ प्रतिशत र एनएमबि हाइब्रिड फण्डको इकाईधनीले ३.२१ प्रतिशतले कमाएका छन् । यस्तै शाइन रेसुङ्गा डेभलपमेन्टको शेयरमूल्य २.११ र सिटिजन म्युच्युअल फण्डको इकाई मूल्य २ प्रतिशतले बढेको छ । राधी जलविद्युत, अपि पावर, मितेरी डेभलपमेन्ट बैंक, महुली सामुदायिक लघुवित्त, र सिद्धार्थ इक्वीटी फण्डको इकाईमूल्य एक प्रतिशत भन्दा बढीले सकारात्मक भएका छन् ।

यता किसान माइक्रोफाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ७.५४ प्रतिशतले घटेको छ । आइतबारको बजारबाट भार्गव विकास बैंक र सर्पोट माइक्रोफाइनान्सको शेयरधनीले ६ प्रतिशतभन्दा बढीले गुमाएका छन् । घलेम्दी हाइड्रो, वोमी माइक्रोफाइनान्स, ओरेन्टल होटल, खानीखोला हाइड्रोपावरको शेयरमूल्य ४ प्रतिशतभन्दा बढीले घटेका छन् । 


 
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।