logo

साताको अन्तिम दिन नेप्सेमा झिनो अंकको सुधार

    1017   पटक पढिएको

९ फागुन /अर्थ र व्यापार - साताको अन्तिम दिन बिहिबार नेप्सेमा झिनो अंकको सुधार आएको छ । बिहिबार नेप्से ०.८४ अंकले बढेर १११३.०७ बिन्दुमा पुगेको छ । यस दिन १५५ कम्पनीका ४ लाख ७५ हजार ७६६ कित्ता शेयर खरिद बिक्री भएर १६ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भयो । यो बुधबारको तुलनामा करिब १७ लाख रुपैयाँले कम हो । बुधबार १६ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १० समुह मध्ये ७ समुहको सुचक सकारात्मक हुदाँ ३ समुहको सुचक ऋणत्मक देखिए । यस दिन सबै भन्दा धेरै निर्जीवन बीमा समुहको सुचक १०.०४ अंकले बढेको छ । व्यापार २.७, जीवन बीमा १.७८, वाणिज्य बैंक १.३२, अन्य १.३१, फाइनान्स ०.७८ र विकास बैंकको सुचक ०.०२ अंकले उकालो लागेका हुन् ।

उत्पादन तथा प्रशोधन समुहको सुचक भने सबै भन्दा धेरै १२.८ अंकले ओरालो लागेको छ । यस्तै माइक्रोफाइनान्स २.५८ र हाइड्रोपावर १.०७ अंकले घटेका छन् । यस दिन चौतारी लघुवित्तको उच्च कारोबार भएको छ । लघुवित्तको २ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै नबिल बैंकको १ करोड ३९ लाख रुपैयाँ कारोबार हुदाँ कुनै कम्पनीको कारोबार रकम करोड नाघ्न सकेन् । चौतारी लघुवित्त कम्पनीका शेयरधनीहरुले आजको कारोबारवाट सबै भन्दा धेरै बढी कमाएका छन् । चौतारीका शेयरधनीहरुले ९.८७ प्रतिशतले कमाएका हुन् ।

गुराँस लाइफ, वोमि माइक्रोफाइनान्स, युनाइटेड मोदी हाइड्रोपावर, वल्र्ड मर्चेन्ट फाइनान्स, प्राइम लाइफ, प्रभु इन्स्योरेन्स र सिभिल बैंकको शेयर मूल्य २ प्रतिशत भन्दा बढीले बढेका छन् । यता हिमालयन डिस्टिलरीको शेयर मूल्य सबै भन्दा धेरै घटेको छ । डिस्टिलरीको शेयर मूल्य ३.९० प्रतिशतले घटेको हो । यस्तै एक्सल डेभलपमेन्ट बैंकको पनि शेयर मुल्य ३.४९ प्रतिशतले घटेको छ । सुर्योदय लघुवित्त, अपि पावर, विजया लघुवित्त, स्वादेशी लघुवित्त, रिडी हाइड्रोपावर, रैराङ्ग हाइड्रोपावर, नेरुडे लघुवित्तका शेयरधनीहरुले आजको कारोबारबाट १ प्रतिशत भन्दा बढीले गुमाएका छन् ।

प्रभु इन्स्योरेन्स, मिर्मिरे लघुवित्त, सुर्या लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, कामना सेवा विकास बैंक, नगबेली लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।