logo

नेप्से ३८ महिना यताकै न्यून विन्दुमा झ¥यो, होटल र उत्पादन  समुहको सुचक सकारात्मक

    1181   पटक पढिएको

६ फागुन/ अर्थ र व्यापार - लगातार घट्ने क्रममा रहेको शेयर बजार परिसूचक नेप्से ३८ महिना यताकै न्यून विन्दुमा झरेको छ । सोमबार नेप्से ७.२१ अंकले घटेर ११०२.५१ विन्दुमा झरेको छ । यो ३८ महिना यताकै न्यून विन्दु हो । २०७२ मंसिर २० गते नेप्से ११०२.८४ विन्दुमा थियो । कारोबारमा आएका होटल र उत्पादन बाहेक अन्य सबै सूचक ओरालो लाग्दा नेप्से ३८ महिना १५ दिन अघिको विन्दुमा झरेको हो । सोमबार बजार खुले देखि ओरालो लागेको नप्सेमा १६१ कम्पनीका ८ लाख ७६ हजार २०८ कित्ता शेयर २२ करोड ४५ लाख रुपैयाँ बराबरमा किनबेच भए ।

कारोबारमा आएका ११ उपसूचक मध्ये होटल र उत्पादन तथा प्रशोधन समुहको सुचक सकारात्मक देखिएको छ । होटल समुहको सुचक ९.५ अंक र उत्पादन तथा प्रशोधन समुहको सुचक ०.२४ अंकले सुधार भएको हो । बाँकी ९ समुहका सुचक ऋणात्मक देखिए । जीवन बीमा समुहको सुचक सबै भन्दा धेरै १९.०८ अंकले घटेको छ । यस्तै निर्जीवन बीमा १२.८८, हाइड्रोपावर १२.५३, विकास बैंक ११.२४, अन्य ९.६४, बाणिज्य बैंक ८.३, माइक्रोफाइनान्स ६.४७, व्यापार ४.७३, फाइनान्स ०.३६ अंकले ओरालो लागेका हुन् ।

यस दिन नविल बैंकको संस्थापक शेयर सबै भन्दा धेरै कारोबार भएको छ । बैंकको संस्थापक शेयर २ करोड ४३ लाख रुपैयाँ कारोबार भयो । यस्तै नविल बैंककै साधारण शेयर २ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नबिल बैंकले दश प्रतिशत संस्थापक शेयर साधारणमा रुपान्तरण गर्ने प्रस्ताव राखेर साधारण सभा डाकेकै दिन संस्थापक शेयरको मूल्य बढेको छ भने साधारण शेयरको मूल्य ओरालो लागेको छ ।

यसैगरी अपर तामाकोशीको १ करोड १४ लाख, एनएमबि बैंकको १ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भयो । बाँकी कुनै पनि कम्पनीको कारोबार रकम करोड नाघ्न सकेन् । यस दिन चौतारी लघुवित्तको शेयरमूल्य सबै भन्दा धेरै ९.९५ प्रतिशतले बढेको छ । हिमालयन डिस्टिलरीका शेयरधनीले ३.८३ प्रतिशत र नविल बैंकको संस्थापक शेयरधनीले ३.१८ प्रतिशतले कमाएका छन् ।

यस्तै प्रुडेन्सियल इनस्योरेन्स र स्वावलम्बन लघुवित्तको शेयर मुल्य २ प्रतिशत भन्दा बढीले बढ्दा बोटलर्स नेपाल (तराई), विजया लघुवित्त, महिला लघुवित्त, एनआइसी एशिया ग्रोथ फण्डको इकाई मुल्य र नेशनल माइक्रोफाइनान्सको शेयर मुल्य एक प्रतिशत भन्दा बढीले बढेका छन् । यता वल्र्डमर्चेन्ट फाइनान्सको शेयर मुल्य सबैभन्दा धेरै ९.०९ प्रतिशतले घटेको छ । घलेम्दी हाइड्रोको शेयर मुल्य ६.६६ प्रतिशतले आरोलो लाग्दा नयाँ नेपाल लघुवित्त, नगबेली लघुवित्त, कञ्चन विकास बैंकका शेयरधनीहरुले ५ प्रतिशत भन्दा बढीले गुमाएका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।