logo

सेयर बजारको पुँजीकरणमा १४.१ प्रतिशतले गिरावट आएको नेपाल राष्ट्र बैंकद्वारा जानकारी

    994   पटक पढिएको

३ फागुन /अर्थ र व्यापार  - सेयर बजार निरन्तर ओरालो लागीरहदा लगानीकर्ताहरुले एक वर्षमा २ खर्ब ३५ अर्ब रुपैयाँ गुमाएका छन् । आर्थिक वर्ष २०७४र७५ को पहिलो ६ महिनामा सेयर बजारको पुँजीकरण १६ खर्ब ७१ अर्ब ६१ करोड रुपैयाँ रहेको थियो । अघिल्लो वर्षको पुसमसान्तसम्म १६ खर्ब ७१ अर्ब ६१ करोड रुपैयाँ रहेको सेयर बजारको पुँजीकरण चालु आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा भने १४.१ प्रतिशतले गिरावट आएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार सेयर बजारको पुँजीकरण घटेर चालु आर्थिक वर्षको ६ महिना अर्थात पुसमसान्तसम्म १४ खर्ब ३६ अर्ब ६७ करोड रुपैयाँमा आइपुगेको छ । पुँजीकरणमात्रै होइन नेप्से परिसूचकसमेतमा ठूलो गिरावट देखिएको छ । २०७४ पुस मसान्तमा १४३१.१ विन्दुरहेको नेप्से सूचकांकमा १७.७ प्रतिशतले ह्रास आई २०७५ पुस मसान्तमा १ हजार १ सय ७८.० विन्दु कायम रहेको राष्ट्र बैंकले जनाएको छ । अझ फागुनको २ गते अर्थात हिजो बिहीबारसम्म नेप्से परिसूचक झन तल झरेको छ । बिहीबार परिसूचक १ हजार १ सय १२ दशमलव ८७ अंकमा आइपुगेको छ ।

२०७५ असार मसान्तमा भने उक्त परिसूचक १ हजार २ सय १२ दशमलव ४ विन्दु रहेको थियो । सेयर बजार पूँजीकरण अघिल्लो वर्ष २०७४ पुस मसान्तमा ०.७ प्रतिशतले वृद्धि भएको थियो । चालु आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्यांकलाई हेर्दा मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा सेयर बजारको ४७.८ प्रतिशत हिस्सा देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।