logo

वित्तीय संकटमा परेको सौर्य एयरलाइन्स भारतीय लगानीकर्ताले किन्ने पक्कापक्की

    1773   पटक पढिएको

३ फागुन /अर्थ र व्यापार - भारतीय लगानीकर्ताहरुले नेपालको सौर्य एयरलाइन्स किन्ने भएका छन् । विमानस्थलको बक्यौता र बैंकको ऋण तिर्न नसकेपछि वित्तीय संकटमा परेको सौर्य एयरलाइन्स बिक्री हुने भएको हो । बैंकको ऋणको सावाँ र ब्याज, विमास्थलको सेवा शुल्क र कर्मचारीको तलबसहित सौर्यले करिब ७० करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने दायित्व छ । तर, सौर्य एयरका लगानीकर्ताहरुले यो रकम भुक्तानी गर्न सकिरहेका छैनन् ।

स्रोतका अनुसार सौर्य एयरलाइन्समा भारतीय लगानीकर्ता आउने लगभग पक्कापक्की जस्तो भएको छ । अहिलेको लगानीकर्ताले भारतीय लगानीकर्ताललाई सेयर दिएर संयुक्त लगानीमा कम्पनी चलाउने प्रस्ताव गरेको छ । तर, केही विषय भने मिल्न बाँकी रहेको छ ।

सौर्य एयरलाइन्सले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई ४ करोड रुपैयाँ सेवा शुल्क नतिरि दुई महिनाअघि उडान बन्द गरेको थियो । त्यस्तै १८ करोड रुपैयाँ सावाँ र त्यसको ब्याज भुक्तानी गर्न नसकेपछि गत पुस २७ गते जनता बैंकले ऋणीलाई ऋण चुक्ता गर्न आउनका लागि ३५ दिने सूचना निकालेको थियो । फागुन २ गते ३५ दिने सूचनाको समयावधि सकिएको छ । दीपक खरेल सहित १५ जनाको नामसहित बैंकले सूचना जारी गरेको थियो ।

त्यसैगरी, सौर्य एयरले नेपाल इन्भेष्टमेन्ट बैंकबाट लिएको ३५ करोड ऋण र त्यसको ब्याज पनि तिर्न सकेको छैन । इन्भेष्टमेन्ट बैंकले पनि ऋण भुक्तानी गर्न आउने सूचना निकाल्ने तयारी गरिरहेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।