logo

संघीय संसद्को चौथो अधिवेशन आजदेखि सुरु हुँदै

    1327   पटक पढिएको

१६ बैशाख /अर्थ र व्यापार  - सरकारको नीति तथा कार्यक्रम, प्रिबजेट छलफल तथा बजेट प्रस्तुत मुख्य कार्ययोजना सहित संघीय संसद्को चौथो अधिवेशन आजदेखि सुरु हुँदैछ । अपराह्न ४ बजे संसदका दुबै सदनको बैठक बोलाइएको छ । संविधान कार्यान्वयन र संविधान अनुकूल कानुन निर्माण पनि अधिवेशनको प्राथमिकतामा रहनेछन् । चैत ११ गते तेस्रो अधिवेशन अन्त्य गरिएको थियो । योपटक तुलनात्मक रूपमा बजेट अधिवेशन केही चाँडै बोलाइएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणअघि नै अधिवेशन आह्वान गरिएको थियो ।

अधिवेशन आह्वानसँगै सरकारले वैशाख २० मा नीति तथा कार्यक्रम पेस गर्ने तयारीबारे संसद्लाई जानकारी गराइसकेको छ । यो पटक नीति तथा कार्यक्रमपछि मात्र प्रिबजेट छलफल हुनेछ । संघीय संसद् सचिवालयले अधिवेशनका सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ । सोमबारको बैठकमा दुबै सदनमा राष्ट्रपतिद्वारा अधिवेशन आह्वानका लागि पठाइएको पत्र वाचन गरिनेछ । यस्तै, सभामुख, उपसभामुख, अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने अध्यक्ष मण्डलको चयन गरिनेछ । हरेक अधिवेशनमा अध्यक्ष मण्डल चयन गर्ने परम्परा छ । अधिवेशन प्रारम्भसँगै राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् । सम्बोधनको समय भने यकिन भइसकेको छैन। दिउँसो १ बजे बस्ने कार्यव्यवस्था परामर्श समिति बैठकले सम्बोधनबारे निर्णय लिनेछ ।

यस्तै, अधिवेशन चालु नरहेको अवधिमा निधन भएका पूर्व सांसदको शोक प्रस्ताव पनि कार्यसूचीमा रहेको छ । यसबीचमा चार पूर्व सांसदको निधन भएको छ । सदनले दिवाकर गोल्छा, रुद्रमणि शर्मा, रामकृष्ण ताम्राकार, र भिक्षु अश्वघोषको निधनको शोक प्रस्ताव पारित गर्नेछ । नीति तथा कार्यक्रम छलफलपछि वैशाख ३१ सम्म प्रिबजेट छलफल समेत सक्ने कार्यतालिका सचिवालयले तयार पारेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।