२९ कात्तिक ÷ अर्थ र व्यापार - ठगी अभियोगमा पक्राउ परेका पूर्व राज्यमन्त्री एवं चर्चित व्यवसायी डा. रुप ज्योति रिहा भएका छन्। उनीसँगै छोरी सुरुची पनि रिहा भएकी छिन् ।
उनीविरुद्ध मुद्दा नचल्ने देखिएको भन्दै सरकारी वकिल कार्यालयले रिहा गर्न महनगरीय प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेको थियो। ’पर्याप्त प्रमाण नपुगेकाले रुप ज्योतिविरुद्ध मुद्दा चलाउन नमिल्ने भयो,’ सरकारी वकिल कार्यालयका एक वकिलले भने ।
तपाईको प्रतिक्रिया