logo

रिभरफन बिच रिसोर्टमा स्तरोन्नती, २० डिलक्स रुमसहित सभाहल थपियो

    2164   पटक पढिएको

७ माघ / अर्थ र व्यापार- त्रिशुली नदिको किनारमा अवस्थित कुरीनटारस्थित रिभरफन बिच रिसोर्टलाई स्तरोन्नती गरिनुका साथै पर्यटकहरुको सुविधालाई लक्षित गरि थप सुविधा सम्पन्न बनाईएको छ । रिसोर्टका प्रबन्ध निर्देशक शंकर अधिकारीले रिसोर्टमा बीस वटा डिलक्स रुम, नौ वटा सफारी टेन्टका साथै सेमिनार हल समेत थप गरिएको वताए ।


काठमाडौबाट ९९ किलोमिटर टाढा र मनकामना केबल कार बाट ५ किलोमिटर नजिक रहेको रिभरफन विच रिसोर्ट स्तरोन्नतीपश्चात त्यस क्षेत्रकै उत्कृष्ठ रिसोर्ट बनेको रिसोर्टका अर्का सञ्चालक राजन सिम्खडाले वताए । त्यसवाहेक रिसोर्टमा स्विमिङ पुल, खेलकुदको सुविधा, डिजेको मनोरञ्जनात्मक कार्यक्रमहरु समेत उपलब्ध गराईने सिम्खडाले वताए ।


रिसोर्टमा विदेशीका साथै नेपाली पर्यटकहशरुको पनि ठूलो आकर्षण देखिएको छ । “पर्यटकहरुले अत्याधिक मन पराएपछि त्यसलाई स्तरोन्नतीका साथै अन्य सुविधाहरु थप गर्न आवश्यक देखेर रिसोर्टको स्तरोन्नती गरिएको हो”–रिसोर्टका सञ्चालक सिम्खडाले भने ।


हाल काठमाडौं,पोखरा,चितवन,वुटवल लगायतका ठाउँहरु वाट स्वदेशी पर्यटकहरु तथा भारतीय र अन्य देशका पर्यटकहरु समेत रिभरफनमा आउने गरेको सिम्खडाले वताए । नेचर रिट्रिट,पारिवारिक भेटघाट,साथिभाईको पिकनिक तथा ¥याफ्टीङका लागी आउने पर्यटकहरुले रिभरफनलाई अत्याधिक मन पराएको आँफुले अनुभव गरेको सिम्खडाले वताए ।
रिभरफन बिच रिसोर्टले सन २०१७ मा अल्ट्रा अवार्ड प्राप्त गरेको थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।