logo

अख्तियारद्वारा राजश्वका पूर्व अधिकृत रामजी रिजालविरुद्ध मुद्दा दायर 

    2554   पटक पढिएको

७ फागुन /अर्थ र व्यापार - राजश्व अनुसन्धान विभाग ललितपुरका तत्कालीन शाखा अधिकृत रामजी रिजालविरुद्ध अख्तियारले अवकाशको करिब एक वर्षपछि अकुत सम्पत्तिमा मुद्दा चलाएको छ । पदमा रहँदा गैरकानुनी रूपमा करिब तीन करोड स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

३४ वर्षको सरकारी सेवाबाट रिजालले ०७४ वैशाखमा अवकाश पाएका थिए । अख्तियारले छानबिनका लागि लिइएको जाँच अवधिमा रिजालको पारिश्रमिक आय¸ जग्गा विक्री, श्रीमती स्वस्थानी रिजालको नाममा सञ्चालित सञ्जीवनी आर्युवेदिक डिस्ट्रिव्युटर्स र पिगासस् ट्राभल्स् एण्ड टुर्सको आय, अवकाशपछिको सुविधा समेत गरी एक करोड ९६ लाख ८६ हजार ५०९ रुपियाँ आय कायम गरेको छ ।

सोही अवधिमा जग्गा खरिद, घर निर्माण, सवारीसाधन खरिद, पिगासस् ट्राभल्स् एण्ड टुर्स प्रालिको लगानी विभिन्न बैङ्क तथा वित्तीय संस्थाको सेयर खरिद, बैङ्क मौज्दात समेत गरी चार करोड ९४ लाख २४ हजार ८१९ रुपैयाँ खर्च तथा लगानी रहेको अख्तियारको ठहर छ । रिजालले खर्च र आयबीचको अन्तर कायम भएको दुई करोड ९७ लाख ३८ हजार ३१० रुपैयाँलाई अख्तियारले स्रोत खुल्न नसकेको सम्पत्तिमा गणना गरेको छ । अख्तियारले स्रोत खुल्न नसकेको दुई करोड ९७ लाख ३८ हजार ३१० रुपैयाँलाई बिगो कायम गरेको छ । बिगो अनुसारको जरिवाना पनि अख्तियारले दाबी गरेको छ । अवैध सम्पत्ति लुकाउन सहयोग गरेको अभियोगमा श्रीमती स्वस्थानीलाई पनि मतियारका रूपमा प्रतिवादी कायम गरिएको छ । गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिबाट बढे बढाएको रकम जफतको माग पनि आयोगले गरेको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।