logo

राजश्व अनुसन्धान विभागद्वारा नक्कली भ्याट बिल प्रयोग गर्ने माथि मुद्दा दायर

    1430   पटक पढिएको

२५ जेठ /अर्थ र व्यापार- नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गर्ने कम्पनीमाथि राजस्व अनुसन्धान विभागले अनुसन्धानमा सक्रियता बढाएको छ । त्यसैक्रमममा विभागले सोमबार मात्रै ६ कम्पनीको अनुसन्धान सकेर मुद्दा दायर गरेको छ । २०७० देखि २०७५ सम्म नक्कली भ्याट बिलको अधिक बिगबिगी रहेको विभागले जनाएको छ । विभागले हाल ८ सय वटाभन्दा बढी कम्पनीविरुद्ध छानबिन गरिरहेको जनाएको छ । 

सोमबार विभागले नक्कली भ्याट बिल प्रयोग गरेको आरोपमा ग्लोबल इम्पेक्स इन्टरनेशनलका प्रोप्राइटर किसनकुमार अग्रवाल विरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर गरेको छ । मुद्दामा उनीविरुद्ध ४ करोड ७ लाख बिगो माग दाबी गरिएको छ । त्यस्तै एसएन इन्टरनेशनलका प्रोप्राइटर रामनिवास अग्रवाल विरुद्ध ४ करोड ५२ लाख बिगो माग दाबी गरिएको छ । सीमा क्षेत्रबाट भन्सार जाँच पास नगराई  श्यामकुमार बानियाँ समेत दुई जनाले राजस्व चुहावट गरेको अभियोगमा ५ करोड ५० लाख माग दाबी गरिएको छ । यी दुईविरुद्ध उच्च अदालत तुलसीपुरमामा मुद्दा दर्ता गरिएको हो ।

त्यसैगरी भुसा सप्लायर्सका सञ्चालक दीपेन्द्रप्रसाद कलवार समेत ४ जनाले भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा १ करोड २२ लाख माग दाबी सहित उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजमा मुद्दा दायर गरेको छ । त्यस्तै सत्यनारायण प्रसादले आयकर छली गरेको भन्दै ९९ लाख माग दाबी सहित उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको छ । अमनकुमार तिवारीले भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजमा मुद्दा दायर गरिएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।