१९ जेठ / अर्थ र व्यापार- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिलो चरणको स्थानीय तह निर्वाचन सम्पन्न गर्न नेपाल प्रहरीले महत्वपूर्ण भूमिका खेलेको भन्दै उच्च प्रशंसा गरेका छन् । साथै यस्तै भूमिका स्थानीय तहको दोश्रो चरण तथा प्रदेश र संघका निर्वाचनमा पनि निर्वाह गर्ने भन्ने अपेक्षा गरेको बताए ।
प्रधानमन्त्री प्रचण्डले प्रहरी निरीक्षक आधारभूत तालिम १६५ औं समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दैे निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरीले खेलेको भूमिकाको उच्च प्रशंसा गरे ।
संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न निर्वाचन महत्वपूर्ण आधारशीला भएको भन्दै , दोस्रो चरणको निर्वाचन व्यापक जनसहभागितामा उत्सवकै रुपमा सम्पन्न गर्ने तयारी पनि भइसकेको छ ।
तपाईको प्रतिक्रिया