logo

पर्यटक उद्धार सम्बन्धि छानबिन कार्यदल राजनीतिक दबाबमा

साना ट्रेकिङ व्यवसायिहरु त्रसित

    1993   पटक पढिएको

१० असार / अर्थ र व्यापार नेपालको विभिन्न स्थानमा पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटकहरुको उद्धारको नाममा ठगी भईरहेको भन्दै यस सम्बन्धमा अनुसन्धान,छानविन र आवश्यक कारवाहीको सिफारिस गर्न गठन गरिएको कार्यदल माथि राजनीतिक दबाव सिर्जना भएको छ । पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटकहरुको उद्धारको नाममा ठगी गर्नेहरुले विभिन्न राजनीतिक दलका नेताहरुमार्फत छानविन कार्यदल माथि दबाव सिर्जना गरेको छानबिन कार्यदलका एक सदस्यले अर्थ र व्यापारलाई वताए ।

यसैविच यस्तो धन्दामा सक्रिय कतिपय व्यवसायिहरुले विभिन्न राजनीतिक दलका नेताहरु संग भेट गर्दै आँफुलाई बचाँईदिन र छानविन कार्यदललाई राजनीतिक दवाव सिर्जना गरिरहेको जानकारी अर्थ र व्यापारलाई प्राप्त भएको छ । गत शुक्रवार पर्यटक उद्धारका नाममा ठगि गर्ने केहि हेलिकोप्टर्स,ट्राभल एजेन्सि,हस्पिटल र रेस्क्यु कम्पनीहरुका सञ्चालकहरुको बैठक समेत बसेको अर्थ र व्यापारलाई जानकारी प्राप्त भएको छ ।

यसैविच रेस्क्यु धन्दावालहरुले आँफुहरुले राजनीतिक सेटिङ मिलाईसकेको र आँफुहरुलाई छानविनको दायरामा ल्याई कार्वाही गरिए साना ट्रेकिङ कम्पनीहरुलाई पार्ने भन्दै ट्रेकिङ कम्पनीहरुलाई त्रसित बनाएको एक ट्रेकिङ कम्पनीका सञ्चालकले अर्थ र व्यापारलाई वताए । त्यस्तै केहि हेलिकोप्टर्स कम्पनीका सञ्चालकहरुले पनि ट्रेकिङ कम्पनीहरुलाई मात्र दोषि देखाएर आँफुहरु बच्ने लविङ तिब्र पारेका छन । तर छानविन कमिटिका सदस्यहरुले भने यस्तो धन्दामा सक्रिय सवै कम्पनीहरुमाथि छानविन गरिरहेको अर्थ र व्यापारसंग वताएका छन ।

“यस सम्बन्धमा अनुसन्धान र कार्वाहीको सिफारिस गर्न ठूलै राजनीतिक ईच्छाशक्ति चाहिन्छ, राजनीतिक ईच्छाशक्ति भयो भने मात्र कार्वाही सम्भव छ”–छानविन कार्यदलका एक सदस्यले अर्थ र व्यापारलाई वताए । ति सदस्यका अनुसार यस्तो धन्दामा सक्रिय कतिपयले विभिन्न राजनीतिक दलका नेताहरु मार्फत फोन गर्दै आँफुहरुलाई बचाईदिन र छानविनलाई प्रभावित पार्न खोजिरहेका छन ।

तर पर्यटनमन्त्री रविन्द्र अधिकारी पर्यटकलाई उद्धारका नाममा ठगि गर्नेहरु विरुद्ध कार्वाही नै गर्ने अडानमा रहेको उनी निकट स्रोतले अर्थ र व्यापारलाई वताएको छ । मन्त्रीको अडान भएपछि प्रभावकारी छानविन र कार्वाहि पनि हुने पर्यटन मन्त्रालय स्रोतले वतायो ।

यस सम्बन्धमा अनुसन्धान गर्न गत जेष्ठ २१ गते संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले ६ सदस्यीय एक कार्यदल गठन गरेको थियो । मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा गठित कार्यदलको सदस्यहरुमा पर्यटन विभागका महानिर्देशक, डिआइजी मनोज न्यौपाने, नेपाल नागरिक उडड्यन प्राधिकरणका उपनिर्देशक सुभाष झा, मन्त्रालयका उपसचिव प्रकाश शर्मा ढकाल र आन्तरिक राजश्व विभागका उपमहानिर्देशक यज्ञप्रसाद ढुंगेल रहेका छन । 

मन्त्रालयले पर्यटकहरुलाई लेक लाग्ने लगायतका स्वास्थ्य समस्या तथा अन्य विपतको उद्धारको नाममा ट्रेकिङ,ट्राभल्स कम्पनी, हेलिकप्टर सेवा प्रदायक संस्था र अस्पताल समेतको मिलेमतोमा फर्जी विवरण तयार गरी बीमा रकम दाबी गर्ने र ठगी गर्नेहरु माथि अनुसन्धान गरिरहेको छ । कार्यदललाई आगामी अषाढ १५ भित्र आवश्यक अनुसन्धान, छानविन गरी सत्यतथ्य पत्ता लगाई समस्या निराकरणको लागी उपाय,विधि र कारवाहीको समेत सिफारिस गर्न निर्देशन दिईएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।