१० मंसिर / अर्थ र व्यापार - प्रधानमन्त्री केपी शर्मा ओलीले एपेडिक्सको अप्रेसन गरिएको छ ।
प्रधानमन्त्री ओली मंगलबार विहान त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेका थिए । सेन्टरमा परीक्षणका क्रममा एपेन्डिक्स अप्रेसन गरिएको अस्पतालले जनाएको छ ।
अहिले प्रधानमन्त्री चिकित्सकहरुको निरन्तर निगरानीमा रहेको र उनको अवस्था स्थिर रहेको अस्पतालका कार्यकारी निर्देशन प्रा. डा. उत्तमकृष्ण श्रेष्ठले बताए ।
पेट दुख्ने समस्या बढेपछि प्रधानमन्त्री ओली मंगलबार बिहान अस्पताल गएका थिए । चिकित्सकहरुले स्वास्थ्य परीक्षण गर्दा एपेन्डिसाइटिस भएको पत्ता लागेपछि अपरेशन गरेका हुन् । अस्पताल भर्ना भएपछि उनी मंगलबार सहभागी हुने भनिएका कार्यक्रमहरु प्रभावित भएका छन् ।
तपाईको प्रतिक्रिया