२८ मंसिर / अर्थ र व्यापार-पाटा नेपाल च्याप्टरको ४१ औं वार्षिक साधारणसभाले सुनिल शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । बुधवार भएको पाटाको वार्षिक साधारणसभाले केजिएच ग्रुपका अध्यक्ष शाक्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
त्यसैगरी पाटाको प्रथम उपाध्यक्षमा नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशी,द्धितिय उपाध्यक्षमा जनकराज कालाखेती, महासचिवमा विभुतिचन्द ठाकुर र कोषाध्यक्षमा शिव प्रसाद ढकाल चयन भएका छन । त्यस्तै कार्यसमिति सदस्यहरुमा कृष्ण लम्साल,रविन्द्र श्रेष्ठ,श्रद्धा श्रेष्ठ,सुवास झा,सञ्जयभक्त माथेमा,साजन शाक्य,टासी गुरुङ,सिताराम सापकोटा र अभिषेक विक्रम शाह र निवर्तमान अध्यक्षमा सुमन पाण्डे चयन भएका छन ।
तपाईको प्रतिक्रिया