logo

पाँचथर पावरको १७ लाख ५० हजार २५० कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन

    1092   पटक पढिएको

१३ फागुन/ अर्थ र व्यापार - पाँचथर पावर कम्पनीको १७ करोड ५० लाख २५ हजार रूपैयाँ बराबरको आईपिओ सर्वसाधारणको लागि फागुन १३ गते सोमबारदेखि निष्काशन गरेको छ । कम्पनीले स्थानीयले नकिनेको शेयर समेत १७ लाख ५० हजार २५० कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरेको हो ।

निष्काशित आईपिओमध्ये कर्मचारीहरूलाई ३५ हजार ५ कित्ता र सामुहिक लागानी कोषलाई ८७ हजार ५१२ कित्ता छुट्याएर बाँकी रहेको १६ लाख २७ हजार ७३३ कित्ता शेयरका लागि सर्वसाधारणहरूले आवेदन गर्न सक्नेछन् । इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरुबाट सी–आस्वाको प्रणली मार्फत आवदेन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ ।

कम्पनीको शेयरमा छिटोमा फागुन १६ गते आवेदन गर्न सकिनेछ । त्यस अवधिमा पर्याप्त आवेदन नपरे चैत १२ गते सम्म आवेदन दिन सकिनेछ । कम्पनीको शेयरमा न्यूनतम १० कित्ता अर्थात प्रतिकित्ता १०० रुपैयाँका दरले एक हजार रूपैयाँदेखि अधिकतम ९ हजार ६२० कित्ताका लागि ९ लाख ६२ हजार रुपैयाँसम्म आवेदन दिन पाउने व्यवस्था छ ।

कम्पनीको आईपिओलाई केयर रेटिङ्गस नेपालले केयर ‘एनपि आईपिओ ग्रेड ४’ दिएको छ । यसले कम्पनीको वित्तीय विवरण औषत भन्दा कमजोर रहेको जनाउँछ । कम्पनीले गत पुस ३० देखि माघ २९ गतेसम्म कूल ९ लाख ६२ हजार ५०० कित्ता स्थानीयका लागि निष्काशन गरेकोमा ८१.८४ प्रतिशत अर्थात ७ लाख ८७ हजार ७५० कित्ता शेयर अवितरित भएको थियो। सो शेयर समेत थपेर कम्पनीले अहिले सर्वसाधारणमा बिक्री खुला गरिएको हो ।

कम्पनीले पाँचथर जिल्लामा १४.९ मेगावाटको ‘हेवाखोला ए’ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीले यस आयोजनाबाट २०७३ माघ २२ गते देखि नै विद्युत उत्पादन गरिरहेको छ ।आयोजनाको प्रतिमेगावाट लागत १७ करोड ५४ लाख ८७ हजार रुपैयाँ रहेको छ । यसको साधारण लगानी फिर्ता हुन ८।९४ वर्ष लाग्ने कम्पनीले जनाएको छ । आगामी १२ वर्षको औसत इक्विटी प्रतिफल १०.३३५ रहने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षमा कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ २९ पैसा, आगामी आर्थिक वर्षमा १६ रुपैयाँ ५८ पैसा र आर्थिक वर्ष २०७७।७८ मा १९ रुपैयाँ ३८ पैसा पुग्ने प्रक्षेपण छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।