logo

पाँचथर पावर कम्पनीको साधारण शेयर बाँडफाँड

    1083   पटक पढिएको

५ फागुन /अर्थ र व्यापार - पाँचथर पावर कम्पनी लिमिटेडको साधारण शेयर फागुन ३ गते शुक्रबार बाँडफाँड गरिएको छ । कम्पनीले गत पुस ३० गते देखि माघ २९ गतेसम्म आयोजनाबाट प्रभावित स्थानीय बासिन्दाका लागि ९ लाख ६२ हजार ५०० कित्ता शेयर निष्काशन गरेको थियो । पाँचथर पावरको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार रितिपूर्वक आवेदन दिने आवेदकहरुलाई मागेजति नै शेयर बाँडफाँड गरिएको हो । क्यापिटलका अनुसार स्थानीयहरुबाट एक लाख ७४ हजार ७५० कित्ता शेयरमा मात्र आवेदन परेको थियो । यो कूल निष्काशनको १८.१६ प्रतिशत मात्र हो । 

कम्पनीले कूल ९ लाख ६२ हजार ५०० कित्ता स्थानीयका लागि निष्काशन गरेकोमा ८१.८४ प्रतिशत अर्थात ७ लाख ८७ हजार ७५० कित्ता शेयर अवितरित भएको हो । स्थानीयले नकिनेको शेयर थप गरेर अब कम्पनीले दोस्रो चरणमा १७ लाख ५० हजार २५० कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्नेछ ।

जलविद्युत आयोजनाहरुबाट प्राप्त हुने आम्दानीमा स्थानीयको स्वामित्व कायम गर्न जारी पूँजीको १० प्रतिशत शेयर कानुनी रुपमा नै आरक्षणको व्यवस्था गरिने गरिएको छ । तर जलविद्युत कम्पनीमा प्रतिफलका लागि लामो समय कुर्नुपर्ने तथा हाल आइपिओ जारी गरेका कतिपय कम्पनीको शेयरमूल्य एक सय रुपैयाँभन्दा कममा काराबार भैरहेकाले पनि जलविद्युत कम्पनीको शेयरमा आकर्षण घट्न थालेको हो । कम्पनीले निष्काशन गरेको शेयर आयोजनाबाट प्रभावित तत्कालीन गाविसहरु भारपा, याङ्गनाम, नांगिन (हाल फिदिम नगरपालिका, हिलिहाङ्ग र फालेलसङ्ग गाउँपालिका) का बासिन्दाहरुका लागि सो शेयर निष्काशन गरेको थियो । आईपिओमा स्थानीयहरुले न्यूनतम १० कित्ता अर्थात एक हजार रुपैयाँदेखि ९ हजार ६२० कित्ता अर्थात ९ लाख ६२ हजार रुपैयाँसम्म माग गर्नसक्ने व्यवस्था थियो ।

कम्पनीले निष्काशन गरेको आईपिओलाई केयर रेटिङ्गस् नेपाल लिमिटेडले ‘केयर एनपी आइपिओ ग्रेड ४’ दिएको छ । यस ग्रेडले कम्पनीको आधारभुत अवस्था औसत भन्दा तर आधार रहेको जनाउँछ । कम्पनीले पुस १३ गते धितोपत्र बोर्डबाट आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारलाई गरी कूल १९ करोड २५ लाख रुपैयाँ बराबरको १९ लाख २५ हजार कित्ता आईपिओ बिक्री गर्न अनुमति पाएको थियो ।

यस कम्पनीले संस्थापकहरुबाट जारी पूँजीको ८० प्रतिशत अर्थात ७७ करोड रुपैयाँ चुक्ता गरिसकेको छ भने जारी पूँजीको २० प्रतिशत पूँजी सार्वजनिक निष्काशनबाट कायम गर्नेछ । पाँचथर पावर कम्पनीले पाँचथर जिल्लामा १४.९ मेगावाटको हेवाखोला ए जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीले यस आयोजनाबाट २०७३ माघ २२ गते देखि नै विद्युत उत्पादन गरीरहेको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।