logo

ओरियण्टल होटल्सद्वारा १३ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन

    716   पटक पढिएको

३ फागुन /अर्थ र व्यापार - ओरियण्टल होटल्सले चालु आर्थिक वर्षको त्रैमासमा दोस्रो त्रैमासमा १३ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । होटल ¥याडिसन सञ्चालन गरेको यस कम्पनीले आफ्नो खुद नाफा गत पुसको तुलनामा एक करोड ६४ लाख अर्थात १४ प्रतिशतले वृद्धि गरेको हो । गत वर्षको दोस्रो त्रैमासमा ओरियण्टल होटलले ११ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

होटलले यस अवधिमा व्यवसाय तथा सेवाको बिक्री मार्फत ५६ करोड ९३ लाख २९ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा ५२ करोड ९४ लाख रुपैयाँ आम्दानी गरको थियो । यस्तै यस अवधिमा होटलले २० करोड १९ लाख रुपैयाँ होटल सञ्चालनबाट नाफा कमाएको छ ।

होटलले १४ करोड ३९ लाख कर्मचारीलाइ खर्च गरेको छ भने ६ करोड ६३ लाखको खाध्यान्न र पेय पदार्थ खरिद गरेको छ । ८ करोड १९ लाख सञ्चालन र  ३ करोड ९८ लाख ह्रासकट्टी र ७ करोड ८८ लाख रूपैयाँ साधारण तथा कार्यालयमा खर्च गरेको छ । एक अर्ब ७ करोड ४३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको होटलले १५ प्रतिशत बोनस शेयर पूँजीकरण गरेर ९३ करोड ४२ लाखबाट पूँजी वृद्धि गरेको हो। यस अवधिमा जगेडा कोषमा एक अर्ब ७९ लाख ६८ हजार रुपैयाँ सञ्चित छ। गत पुसमा ९३ करोड ६३ लाख रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक २४ रुपैयाँ ९४ पैसा छ भने प्रतिशेयर नेटवर्थ १९३ रुपैयाँ ८२ पैसा र मूल्य आम्दानी अनुपात १७.५२ गुणा बढी छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।