logo

अर्डर नाउको अफिसियल लञ्च सम्पन्न, उपभोक्ताले सस्तोमा गुणस्तरीय सामान खरिद गर्न सक्ने

    1995   पटक पढिएको

१९ पौष÷अर्थ र व्यापार
विश्वभरि महामारीको रुपमा फैलिएको कोभिड १९ ले सृजना गरेको बन्दाबन्दीको विषम परिस्थितिमा व्यालेन्स ग्रुप अफ कम्पनीज प्रा. लि. ले ग्राहकलाई दैनिक आवश्यक पर्ने गुणस्तरीय उपभोग्य सामग्रीहरु उचित मुल्यमा उपलब्ध गराउने उद्देश्यले सबभन्दा सस्तो ई कमर्स प्ल्याटफर्म स्थापना गरेको छ ।

बन्दाबन्दिको पीडा र तमाम उपभोक्ताले भोग्नु परेको समस्यालाई न्यूनीकरण गर्न संचालन गरिएको इकमर्स “अर्डर नाउ” को अफिसियल लञ्च भएको हो । कम्पनीले घर–घरमै ग्राहकको माग बमोजिम डेलिभरी सेवा उपलब्ध गराउनेछ । 
हाल अर्डर अनलाईन मार्केट प्रा. लि. द्वारा संचालित इकमर्स “अर्डर नाउ” उपभोक्ता तथा व्यापारी (बिक्रेता) लाई अर्डर नाउ ले विविध सामग्री अनलाइन खरिद तथा बिक्री गर्ने साझा प्ल्याटफर्म तयार गरेको छ । सामान्यतया दैनिक जीवनशैलीमा आवश्यक पर्ने सम्पुर्ण सामग्रीहरु उक्त प्ल्याटफर्म मार्फत अनलाईन खरिद बिक्री गर्न सकिनेछ, जसमा ग्राहकले सस्तोमा गुणस्तरीय सामान खरिद गर्न पाउनेछन तथा बिक्रेताले आफ्नो उचित मूल्य पाउनेछन ।

बिक्रेताको रुपमा विविध सामाग्री सँग सम्बन्धित उद्योगी, कृषक, उत्पादक, डिष्ट्रिब्युटर, होलसेल तथा खुद्रा व्यापारी, आयातकर्ता, डिलर आदिले सदस्यता लिइ बिना भेदभाव आफ्नो व्यवसाय दर्ता गर्न पाउनेछन् र अनलाइन बजार मार्फत व्यवसाय वृद्धि गर्न पाउनेछन् ।

कम्पनीले नेपाली उत्पादनलाई प्रोत्साहनस्वरुप तथा जोखिम न्यूनीकरण गर्न स्थानीय स्तरमा उत्पादित कृषिजन्य सामाग्री तथा अन्य विविध वस्तुहरु सिधै उपभोक्ताको घरदैलोमा पु¥याउनेछ । साथै नेपालमा उत्पादित विविध उत्पादनहरु अन्तर्राष्ट्रिय बजारमा समेत पु¥याउने योजना कम्पनीको छ ।

कम्पनीको नेपालमा अनलाइन सपिङ तथा इकमर्स व्यवसायलाई फरक तवरले संचालन गर्न अर्डरनाउ डट कम मार्फत सेवा बिस्तार गर्दै नेपालकै उत्कृष्ट इकमर्स प्ल्याटफर्म तयार गर्ने लक्ष्य राखेको छ । कम्पनीको मुख्य उद्देश्य रोजगारी र अवसरको सृजना गर्दै स्थानिय उत्पादनहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको बजारीकरणमा भुमिका खेल्नु हो । अर्डर नाउ व्यापारी, व्यवसायी, कृषक, घरेलु तथा स्थानिय उद्योग, विविध सेवा प्रदानकर्ता आदिलाई उपयोगी प्ल्याटफर्म बन्नेछ कम्पनीको विश्वास छ ।

राष्ट्रिय स्तरमा सेवा प्रदान गर्ने अर्डर नाउले सिमित स्थानमा निशुल्क डेलिभरी, द्रुत डेलिभरी तथा सेवा प्रदायकको सेवा र प्रयोग भएका सामान खरिद बिक्री गर्ने जस्ता सेवा समेत प्रदान गर्नेछ । बन्दाबन्दिको समयमा दैनिक आवश्यक खाद्य बस्तु डेलिभरीबाट सुरुवात भएको इकमर्स हाल दैनिक खाद्य सामाग्री, कस्मेटिक सामाग्री, इलेक्ट्रोनिक सामाग्री, केक, आदि सामाग्री अनलाइन बिक्री गर्दै करिब एक सय व्यवसायले प्ल्याटफर्म प्रयोग गर्दै छन । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।