२५ जेठ / अर्थ र व्यापार-बुटवलमा नक्कली नेपाली नोट छाप्ने एक व्यक्ति मेसिनसहित पक्राउ परेका छन् । रुपन्देहीको कञ्चन गाउँपालिका ६ घर भइ बुटवल उपमहानगरपालिका ११ बुद्धनगर बस्ने सन्तोष मल्ल नक्कली नेपाली नोट छाप्ने मेसीन सहित पक्राउ परेका हुन् ।
बुटवल ११ नवदिपपथ स्थीत अर्फन हेल्पिङहेन्ड हेन्ड नामको कार्यालय तथा निजको डेरा खानतलासी लिने क्रममा नक्कली नोट तथा मेसिन बरामद भएको हो ।
खानतलासी गर्दा नक्कली नोट तयारी गर्ने फ्रि इन्क प्रिन्टर मेसिन, ल्यापटप र नक्कली नोट लगायतका सामान बरामद गरिएको थियो । निजलाई खोटा चलन म््द्दामा म्याद थप लिई अनुसन्धान थालेको छ ।
तपाईको प्रतिक्रिया