logo

नेकपा सचिवालय बैठक बस्दै, ओली भने उपस्थित नहुने

    1150   पटक पढिएको

२३ मंसिर / अर्थ र व्यापार - कार्यकारी अधिकारप्राप्त भएपछि पार्टी पंक्तिलाई परिचालन गर्ने पाँचमहिने कार्ययोजना बनाइरहेका नेकपा अध्यक्ष प्रचण्डले पहिलो वरीयताका अध्यक्ष केपी शर्मा ओलीसँगको परामर्शपछि सचिवालय बैठक बोलाएका छन् । अपराह्न नेकपा केन्द्रीय कार्यालयमा बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री ओली भने सहभागी हुने छैनन् ।

स्वास्थ्यका कारण धेरै दौडधूप गर्न नमिल्ने भएकाले ओलीको परामर्शमा प्रचण्डले बैठकको अध्यक्षता गर्न लागेको नेकपा स्रोतले जनाएको छ । दुवै अध्यक्षबीचको परामर्शपछि महासचिव विष्णु पौडेलले सचिवालय सदस्यहरुलाई एसएमएसमार्फत बैठक अपराह्न १ बजे धुम्बाराहीमा बस्ने सूचना पठाएका हुन् । कार्यकारी अधिकारसहितको अध्यक्ष भएपछि प्रचण्डले पहिलो बैठक पनि धुम्बाराहीमै राखेका थिए । त्यसबेला ओली अस्पतालमै थिए ।

नेकपा स्रोतका अनुसार, बैठकको अध्यक्षता गरे पनि प्रचण्डले एजेण्डाहरु ओलीलाई जानकारी गराएका छन् । प्रचण्डले पार्टी एकीकरणका बाँकी काम टुंग्याउँदै जनपरिचालनसहितको पाँचमहिने कार्ययोजनासमेत तयार पारेका छन् । यसबारेमा पनि उनले ओलीसहित मुख्य नेताहरुसँग छलफल गरेका छन् ।

सोमबारको बैठमका उपनिर्वाचनको समीक्षात्मक रिपोर्टमाथि छलफल हुने एजेण्डा छ । अघिल्लो सचिवालय बैठकले उपनिर्वाचन भएका सबै ठाउँबाट समीक्षा रिपोर्ट मागेको थियो । उपनिर्वाचनको समग्र परिणाममा आधाभन्दा बढीमा जित हासिल भए पनि केही ठाउँको पराजयको समीक्षा आवश्यक रहेको नेकपाले जनाएको छ । उपनिर्वाचन भएका ५२ स्थानमध्ये प्रतिनिधिसभा र प्रदेशसभाका एक–एक सिटसहित नेकपाले ३० ठाउँमा जित हासिल गरेको छ ।

भक्तपुरको प्रदेशसभा र धरान उपमहानगरपालिकाको पराजयलाई नेकपाले समीक्षाको विषय बनाएको छ । त्यस्तै, चितवनको भरतपुर महानगरपालिकाको वडाध्यक्षको पराजय पनि नेकपालाई अप्रत्याशित बनेको छ । त्यहाँको हारबारे समीक्षा रिपोर्ट आएको छ । समग्र नतिजा भने नेकपाकै पक्षमा रहेको नेताहरुले बताएका छन् । सचिवालय बैठकले स्थायी कमिटी बैठक बोलाउनेबारेमा पनि छलफल गर्नेछ । वामदेव गौतमलाई उपाध्यक्ष बनाउने सचिवालयको प्रस्ताव स्थायी कमिटी बैठक नबसेका कारण कार्यान्वयन भएको छैन ।

प्रचण्डले यसअघि माधव नेपाललगायतका नेताहरुसँग पनि परामर्श गरेका छन् । नेपालले भने पोलिटव्युरो गठन गर्न प्रचण्डलाई सुझाएका छन् । तर अर्का अध्यक्ष ओलीले पोलिटव्युरो गठनमा रुचि देखाएका छैनन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।