logo

निजिकरणका नाममा ३८ वटा उद्योग बेचेर खाईयो : एमाले अध्यक्ष ओलि

    1781   पटक पढिएको

१४ पुष / अर्थ र व्यापार- पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष के.पि.शर्मा ओलिले २०४८ साल पछि निजिकरणका नाममा ३८ वटा उद्योग बेचेर खाईएको वताएका छन । नेपाल पर्वतारोहण संघको २७ औं वार्षिक साधारणसभामा बोल्दै ओलिले कमिसनको लोभमा ति उद्योग बेचेर खाएको आरोप लगाए । ओलले उद्योग बेचेर खाने काम मात्र नभई व्यापारीलाई पनि भ्रष्टिकरण गरिएको वताए ।
“कुनै पनि हालतमा के.पि ओलिलाई प्रधानमन्त्री बन्न नदिने कोशिस भईरहेको छ”–ओलिले भने–“ तर त्यो कोशिस सफल हुने छैन ।” केहि मानिसले निजी क्षेत्र भनेर मात्र उचालेको भन्दै उनले सार्वजनिक,निजी र सहकारी क्षेत्रलाई संगै लिएर जानुपर्ने वताए । कार्यक्रममा ओलिले राष्ट्रपतिले राष्ट्रियसभा निर्वाचनसम्वन्धी अध्यादेश जारी गर्नु असंवैधानिक नभएको तर उहाँले असाधारण दबाबका कारणले गरेको हुनुपर्छ भन्ने आँफुलाई लागेको वताए ।

साधारणसभामा बोल्दै नेपाल पर्वतारोहण संघका अध्यक्ष शन्तविर लामाले २०७४ भदौ सम्म नविकरण भईसक्नुपर्ने पिकहरुको नविकरण हाल सम्म नभएको भन्दै त्यसलाई नविकरण गर्न सरकारसंग अनुरोध गरे । कार्यक्रममा गत वर्ष सवैभन्दा वढि पिक आरोहण गराई राजश्व तर्फ बढि योगदान गर्ने दश कम्पनी लाई अवार्ड प्रदान गरियो । त्यस्तै यस वर्षको कुमार खड्ग विक्रम शाह पुरस्कार आरोही मिङमा शेर्पा र डा.हर्क गुरुङ अवार्ड सिमाविद् डा.वुद्धिनारायण श्रेष्ठलाई प्रदान गरियो । कार्यक्रममा पत्रकारहरुलाई पनि सम्मान गरियो । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।