logo

निजिकरणका नाममा ३८ वटा उद्योग बेचेर खाईयो : एमाले अध्यक्ष ओलि

    1919   पटक पढिएको

१४ पुष / अर्थ र व्यापार- पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष के.पि.शर्मा ओलिले २०४८ साल पछि निजिकरणका नाममा ३८ वटा उद्योग बेचेर खाईएको वताएका छन । नेपाल पर्वतारोहण संघको २७ औं वार्षिक साधारणसभामा बोल्दै ओलिले कमिसनको लोभमा ति उद्योग बेचेर खाएको आरोप लगाए । ओलले उद्योग बेचेर खाने काम मात्र नभई व्यापारीलाई पनि भ्रष्टिकरण गरिएको वताए ।
“कुनै पनि हालतमा के.पि ओलिलाई प्रधानमन्त्री बन्न नदिने कोशिस भईरहेको छ”–ओलिले भने–“ तर त्यो कोशिस सफल हुने छैन ।” केहि मानिसले निजी क्षेत्र भनेर मात्र उचालेको भन्दै उनले सार्वजनिक,निजी र सहकारी क्षेत्रलाई संगै लिएर जानुपर्ने वताए । कार्यक्रममा ओलिले राष्ट्रपतिले राष्ट्रियसभा निर्वाचनसम्वन्धी अध्यादेश जारी गर्नु असंवैधानिक नभएको तर उहाँले असाधारण दबाबका कारणले गरेको हुनुपर्छ भन्ने आँफुलाई लागेको वताए ।

साधारणसभामा बोल्दै नेपाल पर्वतारोहण संघका अध्यक्ष शन्तविर लामाले २०७४ भदौ सम्म नविकरण भईसक्नुपर्ने पिकहरुको नविकरण हाल सम्म नभएको भन्दै त्यसलाई नविकरण गर्न सरकारसंग अनुरोध गरे । कार्यक्रममा गत वर्ष सवैभन्दा वढि पिक आरोहण गराई राजश्व तर्फ बढि योगदान गर्ने दश कम्पनी लाई अवार्ड प्रदान गरियो । त्यस्तै यस वर्षको कुमार खड्ग विक्रम शाह पुरस्कार आरोही मिङमा शेर्पा र डा.हर्क गुरुङ अवार्ड सिमाविद् डा.वुद्धिनारायण श्रेष्ठलाई प्रदान गरियो । कार्यक्रममा पत्रकारहरुलाई पनि सम्मान गरियो । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।