८ फागुन/ अर्थ र व्यापार - नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत कम्पनीहरुको नाम सार्वजनिक गरेको छ । सार्वजनिक सूची अनुसार समूह ‘ए’ मा दुईवटा वाणिज्य बैंक ग्लोबल आइएमई बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक परेका छन् । नेप्सेका अनुसार समूह ए मा कुनै पनि कम्पनी परेका छैनन् ।
यता, समूह ‘बी’ मा कुनै पनि कम्पनी परेका छैनन् । बाँकी सबै कम्पनी दुई समूह अर्थात ‘जी’ र ‘जेड’ मा परेका छन् ।
चुक्ता पुँजी एक अर्ब रुपैयाँ पुगेको, धितोपत्र सूचीकरण गराएको कम्तिमा तीन वर्ष पूरा भएको र विगत तीन वर्षमा कम्तिमा दुई आर्थिक वर्षमा नाफा आर्जन गरेको, संचित नोक्सानी नहरेको, आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र साधारण सभा सम्पन्न गरेको हुनुपर्ने व्यवस्था रहेको छ । साथै क्रेडिट रेटिङ संस्थाबाट औसत वा सो भन्दा माथिको रेटिङ पाएको हुनुपर्ने व्यवस्था रहेको छ ।
तपाईको प्रतिक्रिया