logo

नेप्सेमा दोहोरो अंकको गिरावट

    919   पटक पढिएको

८ फागुन /अर्थ र व्यापार - बुधबार नेप्से १२.७२ अंकले घटेरर १११२.२३ बिन्दुमा झरेको छ । यस दिन १६२ कम्पनीहरुका ५ लाख ८१ हजार १३८ कित्ता शेयर खरिद बिक्री भए भने १६ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भयो । यो मंगलबारको तुलनामा करिब ६ करोड रुपैयाँले कम हो । मंगलबार २१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बुधबार कारोबारमा आएका १० समुह मध्ये उत्पादन तथा प्रशोधन समुहको सूचक मात्रै बढेको छ । उत्पादन तथा प्रशोधनको ८.६९ अंकले बढेको छ । बाँकी ९ वटै समुहको सुचक ओलारो लागेका छन् । सबै भन्दा धेरै जीवन बीमा समुहको सूचक १६७.८३ अंकले घटेको छ । त्यस पछि निर्जीवन बीमा कम्पनीको १०५.५४ अंकले सकारात्मक भएको छ । यस्तै हाइड्रोपावर २०, माइक्रोफाइनान्स १९.३३, विकास बैंक १३.४२, वाणिज्य बैंक ८.७१, होटल ७.८३, अन्य ४.२७ र फाइनान्स ०.३१ अंकले ओरालो लागेका छन् ।

यस दिन कुनै पनि कम्पनीको कारोबार रकम करोड नाघेको छैन् । अपर तामाकोशीको सबै भन्दा धेरै ९३ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै नविल बैंकको संस्थापक ९० लाख र सर्वसाधारण शेयर ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । चौतारी लघुवित्त कम्पनीका शेयरधनीहरुले आजको कारोबारवाट सबै भन्दा धेरै बढी कमाएका छन् । चौतारीका शेयरधनीहरुले ९.८४ प्रतिशतले कमाएका हुन् । श्रीराम सुगर मिलको शेयर मूल्य ९.४० प्रतिशतले बढेको छ । यस्तै जेविल्स फाइनान्सको शेयरधनीहरुले आजको कारोबारबाट ३.०८ प्रतिशतले कमाएका छन् ।

पुर्णिमा विकास बैंक र सानिमा इक्युटी फण्डको इकाई मूल्य २ प्रतिशतले बढ्दा हिमालयन डिस्टीलरी, किसान माइक्रोफाइनान्स, एभरेष्ट इन्स्योरेन्स, सिन्धु विकास बैंक र कैलाश विकास बैंकको शेयरधनीहरुले १ प्रतिशत भन्दा बढीले कमाएका छन् । यता नेपाल सेवा लघुवित्तको शेयर मूल्य सबै भन्दा धेरै घटेको छ । लघुवित्तको शेयर मूल्य ५.३८ प्रतिशतले घटेको हो । यस्तै सामुदायिक लघुवित्त, नयाँ नेपाल लघुवित्तका शेयरधनीहरुले पनि ५ प्रतिशत भन्दा बढीले गुमाएका छन् ।

प्रभु इन्स्योरेन्स, मिर्मिरे लघुवित्त, सुर्या लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, कामना सेवा विकास बैंक, नगबेली लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ ।

 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।