logo

भारतमा उत्पादन घट्दा नेपाली अलैंचीले बजार पायो, चालु वर्षमा ८ अर्ब बढीको निर्यात हुने अनुमान

    1791   पटक पढिएको


२४ असार/अर्थ र व्यापार– भारतमा अलैंची उत्पादन घटेसंगै नेपाली अलैंचीको भारतीय वजारमा उच्च माग भएको छ । 

नेपाली अलैंचीको मागमा दोब्बर बृद्धी भएसंगै चालु आर्थिक वर्षको ११ महिनामा अलैंचीको निर्यात पनि ७ अर्ब ५० करोड रुपैयाँको हाराहारीमा पुगेको छ । 

नेपाल अलैंची व्यवसायी संघका अध्यक्ष राजकुमार कार्कीले आर्थिक वर्ष २०७६/७७ को तुलनामा अलैंचीको निर्यात झन्डै दोब्बरले वृद्धि भएको बताए । कार्कीले भारतमा अलैंची उत्पादन घट्नु र अलैंचीलाई अत्यावश्यक वस्तुका रूपमा राखिएपछि नेपालबाट निर्यातमा भारी वृद्धि भएको जानकारी दिए ।

कार्कीका अनुसार कुल उत्पादनमध्ये अझै करिब १० देखि १५ प्रतिशत अलैंची स्टक बाँकी रहेकोले उक्त स्टक पनि निर्यात गर्दा ८ अर्ब भन्दा बढीको निर्यात हुने अनुमान गरिएको जानाकारी दिए । नेपालमा वार्षिकरूपमा एक लाख २० हजार बोराभन्दा बढी अलैंची उत्पादन हुने गरेको छ ।

गत वर्ष  करिब ४ अर्ब रुपैयाँको निर्यात भएकोमा संघले यस बर्ष ६ अर्ब रुपैयाँको अलैंची निर्यात हुने लक्ष्य राखेको थियो । चालु आर्थिक वर्षमा नेपालबाट भटमासको तेलपछि अलैंचीको निर्यात सबैभन्दा बढी रहेको छ।

विश्व बजारमा नेपाली अलैंची गुणस्तरीयमा पर्छ । नेपालबाट भारत निर्यात हुने कृषि उपजमध्ये सर्वाधिक राम्रो भाउ पाउनेमा अलैंची पर्छ । अलैंचीको प्रयोग बिस्कुट, बिभिन्न प्रकारका मसला, सुगन्धित तेल, बेकरीका परिकार र मदिरामा प्रयोग गरिन्छ ।

नेपाली अलैंचीको माग बढेसंगै मूल्य पनि उल्लेख्य मात्रामा बृद्धी भएको छ । ५ वर्षपछि प्रतिकेजी २५० रुपैयाँसम्म बढेर प्रतिकेजी ८७५ रुपैयाँसम्म पुगेका नेपाल अलैंची व्यवसायी संघले बताएको छ ।

वर्षाका कारण भारतमा अलैंचीको मागमा कमि आएसंगै केही दिनयता मूल्य घटेर प्रतिकेजी ८ सय रुपैयाँमा आइपुगेको छ । गत महिना प्रतिमन ३५ हजार रुपैयाँ पुगेको अलैंची अहिले प्रतिमन ३२ हजारमा झरेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।