logo

विप्लव समूहले आह्वान गरेको बन्दको देशभर प्रभाव

    1590   पटक पढिएको

३० फागुन /अर्थ र व्यापार - सरकारले नियन्त्रणमा लिएका आफ्ना कार्यकर्ता रिहाईको माग गर्दै नेत्र बिक्रम चन्द विप्लव समूहले आह्वान गरेको नेपाल बन्दको प्रभाव देशैभर देखिएको छ । बन्द अह्वानका कारण लामो रुटमा चल्ने सवारी साधनहरु चलेका छैनन् भने काठमाडौं उपत्यका सहित देशका मुख्य शहरहरुमा सवारी चाप अन्य दिन भन्दा न्युन मात्रामा देखिएका छन् ।

संस्थागत विद्यालयहरुले बन्दकर्ताको त्रासका कारण बिहीबार सार्वजनिक बिदा दिएका छन् । जसका कारण पठन पाठन ठप्प बनेको छ । बन्दकर्ताले काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना ५ ख ७४११ नम्बरको ट्रेलर ट्रकमा गएराति मकवानपुरमा अगजनी गरेका छन् ।  मकवानपुर, पोखरा, प्युठान, दाङ, लगायत देशका विभिन्न स्थानहरुका शंकास्पद वस्तुहरु फेला परेका छन् । रुपन्देहीको वुटवलस्थित मुख्य राजमार्गमा राखएिको विस्फोटक पदार्थ नेपाली सेनाले निश्कृय पारेको छ । बन्दका कारण प्रदेश ५ सबैभन्दा बढी प्रभावित बनेको छ ।

प्लव समूहले आह्वान गरेको नेपाल बन्द बिफल पार्न सरकारले देशैभरको सुरक्षा व्यवस्था निकै कडा बनाएको गृह मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यका सहित देशका मुख्य शहर तथा राजमार्गहरुमा बन्दको प्रभाव पर्न नदिन ठूलो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । सुरक्षा व्यवस्था मजबुत रहेको भन्दै सरकारले उद्योग, कलकारखाना नियमित रुपमा सञ्चालन गर्न र बन्दको अवज्ञा गर्न सबैसंग आग्रह गरेको छ ।  
नेपाल बन्दको प्रभाव अन्य क्षेत्रमा देखिए पनि शेयर बजारमा भने कुनै असर नपर्ने नेप्सेले स्पष्ट पारेको छ ।

बन्द आह्वान गरिए पनि बिहीबार नेप्से खुल्ने नेप्सेका प्रवक्ता मुरारी पराजुली बताए । बन्दले शेयरबजारमा कुनै प्रवाभ नपर्ने भन्दै ढुक्क भएर नियमित रुपमा काम गर्न लगानीकर्ता तथा सम्बन्धि सबैलाई उनले आग्रह गरे । अनलाइन कारोबार सुरु भएका कारण पनि बन्दको प्रभाव शेयरबजारमा नपर्ने प्रवक्ता पराजुलीको भनाई छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।