logo

विप्लव समूहले आह्वान गरेको बन्दको देशभर प्रभाव

    1437   पटक पढिएको

३० फागुन /अर्थ र व्यापार - सरकारले नियन्त्रणमा लिएका आफ्ना कार्यकर्ता रिहाईको माग गर्दै नेत्र बिक्रम चन्द विप्लव समूहले आह्वान गरेको नेपाल बन्दको प्रभाव देशैभर देखिएको छ । बन्द अह्वानका कारण लामो रुटमा चल्ने सवारी साधनहरु चलेका छैनन् भने काठमाडौं उपत्यका सहित देशका मुख्य शहरहरुमा सवारी चाप अन्य दिन भन्दा न्युन मात्रामा देखिएका छन् ।

संस्थागत विद्यालयहरुले बन्दकर्ताको त्रासका कारण बिहीबार सार्वजनिक बिदा दिएका छन् । जसका कारण पठन पाठन ठप्प बनेको छ । बन्दकर्ताले काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना ५ ख ७४११ नम्बरको ट्रेलर ट्रकमा गएराति मकवानपुरमा अगजनी गरेका छन् ।  मकवानपुर, पोखरा, प्युठान, दाङ, लगायत देशका विभिन्न स्थानहरुका शंकास्पद वस्तुहरु फेला परेका छन् । रुपन्देहीको वुटवलस्थित मुख्य राजमार्गमा राखएिको विस्फोटक पदार्थ नेपाली सेनाले निश्कृय पारेको छ । बन्दका कारण प्रदेश ५ सबैभन्दा बढी प्रभावित बनेको छ ।

प्लव समूहले आह्वान गरेको नेपाल बन्द बिफल पार्न सरकारले देशैभरको सुरक्षा व्यवस्था निकै कडा बनाएको गृह मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यका सहित देशका मुख्य शहर तथा राजमार्गहरुमा बन्दको प्रभाव पर्न नदिन ठूलो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । सुरक्षा व्यवस्था मजबुत रहेको भन्दै सरकारले उद्योग, कलकारखाना नियमित रुपमा सञ्चालन गर्न र बन्दको अवज्ञा गर्न सबैसंग आग्रह गरेको छ ।  
नेपाल बन्दको प्रभाव अन्य क्षेत्रमा देखिए पनि शेयर बजारमा भने कुनै असर नपर्ने नेप्सेले स्पष्ट पारेको छ ।

बन्द आह्वान गरिए पनि बिहीबार नेप्से खुल्ने नेप्सेका प्रवक्ता मुरारी पराजुली बताए । बन्दले शेयरबजारमा कुनै प्रवाभ नपर्ने भन्दै ढुक्क भएर नियमित रुपमा काम गर्न लगानीकर्ता तथा सम्बन्धि सबैलाई उनले आग्रह गरे । अनलाइन कारोबार सुरु भएका कारण पनि बन्दको प्रभाव शेयरबजारमा नपर्ने प्रवक्ता पराजुलीको भनाई छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।