logo

एमसीसीबारे नेपालले स्वतन्त्र निर्णय लिनुपर्छ : चीन

    1454   पटक पढिएको

१८ पुस / अर्थ र व्यापार -  अमेरिकाको मिलिनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) बाट सहयोग लिने विषय नेपालले स्वतन्त्र निर्णय लिनुपर्ने चीनले प्रष्ट पारेको छ ।

नेपालका लागि चिनिया राजदूत होउ यान्कीले आज आयोजित पत्रकार सम्मेलनमा नेपालले आफ्नो आर्थिक उन्नतिका लागि कुनै पनि देशसँग सहयोग लिन सक्ने बताइन् । ‘नेपालले चीनसँग मात्र सहयोग लिनुपर्छ भन्ने छैन,’ राजदूतले भनिन्, ‘कसैको दबावमा भन्दा आफ्नो हित हेरेर अन्तर्रा्ष्ट्रिय समुदायको सहयोग स्वीकार गर्नुपर्छ ।’

पत्रकार सम्मेलनमा उनले हालै नेपालमा पक्राउ परेका चिनीया नागरिकहरुको विषयमा पनि स्पष्टिकरण दिएकी छिन् । उनले भनिन्, ‘पर्यटक भिसामा नेपाल आएर गैर पर्यटन काम गरेकाहरुलाई नेपाल प्रहरीले समातेको हो । पक्राउ परेकाहरु अहिले हिरासतमै छन् ।’

राजदुत होउले त्रिदेशीय सहकार्यको विषयमा २ जोड १ को अवधारणाबारे पनि प्रष्ट पारिन् । उनले भनिन्, ‘२ जोड एक भनेको चीन र भारतले नेपाललाई डिक्टेट गर्ने होइन । सबै देश समान हुन् । यो त्रिदेशीय सहकार्यको अवधारणा हो ।’ यसको उदाहरणका रुपमा उनले अफगानिस्तानको सुरक्षा बललाई चीन र भारतले संयुक्तरुपमा तालिम दिइरहेको बताइन् ।

पत्रकारले तपाईं आफ्नो पदावधि नसकिँदै फर्किनुहुने चर्चाबारे प्रश्न गर्दा उनले त्यसलाई इन्कार गरिन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।