logo

शेयर बजारका सुधारका लागि नेपाल इन्भेष्टर्स फोरमद्वारा सरकारलाई ६ बुँदे सुझाव

    1039   पटक पढिएको

८ फागुन/ अर्थ र व्यापार  - नेपाल इन्भेष्टर्स फोरमले संघीय संसदको अर्थ समितिले फागुन ७ गते मंगलबार पूँजी बजारसम्बन्धी छलफलका लागि सरोकारवालाहरु सबैलाई बोलाएको बैठकमा शेयर बजारका सुधारका लागि सरकारले गर्नुपर्ने मुख्य विषयहरु समेटेर ६ बुँदे सुझाव बुझाएको छ ।
फोरमका नव निवाचित अध्यक्ष छोटेलाल रौनियार अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहाललाई उक्त सुझाव बुझाएका हुन् । सुझाब पत्रमा जलविद्युत कम्पनीहरुका नियामक निकाय गठन, अननलाईन कारोबार प्रणालीको सुधार, बैंकलाई ब्रोकर इजाजत, प्यान लागू, र नयाँ ब्रोकर लाइसेन्स वितरण गर्नेसम्मका माग समेटिएको छ ।

फोरमले बुझाएको एक नम्बर बुँदामा जलविद्युत कम्पनीको नियमनका लागि सशक्त र बलियो नियामक निकाय गठन हुनेपर्ने सुझाब दिइएको छ । सरकारले घोषणा गरेको नेपालको पानी जनताको लगानी मार्फत संकलन गर्न लागिएको एक खर्ब २ अर्ब पूँजी संकलनको क्रममा रहेकोले यो व्यवस्था लागू गर्न सुझाब दिएको छ ।

त्यसैगरि अनलाईन कारोबार प्रणालीलाई अनलाइन कारोबार प्रणालीको कमि कमजोरी र त्रुटी हटाएर लगानीमैत्री बनाउनुपर्ने, बैंकलाई ब्रोकर लाइसेन्स कार्यान्वयन नआउने कारण पत्ता लगाई कार्यान्वयन गर्नुपर्ने, प्यानलाई लगानीकर्ताले ठूलो कर र डरको रुपमा लिएकाले प्यानबारे सरकारको धारणा तथा कार्यक्रम र प्यानका फाइदा सार्वजनिक गर्न भनिएको छ ।

यस्तै लगानीकर्ताको मनोबल वृद्धिका लागि पूँजी बजारमा व्यक्तिगत कर्जा (ओभरड्राफ्ट) को सीमालाई ५० लाखबाट पुन ७५ लाख कायम गर्नुपर्ने, र नियामक निकायहरुले जारी गरेको मापदण्ड र प्रकृया पूरा गर्नसक्ने व्यक्ति तथा संस्थालाई नयाँ ब्रोकर लाइसेन्स खुलाउन सरकारलाई सुझाव दिएको छ ।
सुझाव बुझाउँदै रौनियारले सरकारले निर्णय समयमा नै कार्यान्वयनमा आउन नसक्दा लगानीकर्ताले नोक्सानी व्यहोर्नुपरेको उल्लेख गर्दै बजारको आपूर्ति अनुसारको माग सिर्जना गर्नुपर्ने र पूँजी बजारलाई राहत दिन सरकारले दीर्घकालीन योजना ल्याउनुपर्ने बताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।